बलिउडमा बन्दैछ ‘कोरोना’ फिल्म | Khabarhub Khabarhub

बलिउडमा बन्दैछ ‘कोरोना’ फिल्म


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वभर कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको छ ।

यसको संक्रमण फैलिए संगै विश्वका कैयौं मुलुकका मानिसहरु आफ्नो घर भित्र कैद भएका छन् । कोरोनाको महामारी यतिसम्म फैलिएको छ कि विश्वका कैयौ महत्वपुर्ण कार्यक्रम समेत रद्ध भएका छन् ।

कोरोना संक्रमणले सबैलाई अस्तब्यस्त बनाएको छ । फिल्मी क्षेत्रमा पनि यसको असर देखा परेको छ । सबैभन्दा बढि फिल्म उत्पादन गर्ने बलिउडले समेत कोरोना संक्रमणको त्रासका कारण फिल्म प्रदर्शन मिति सार्न थालेको छ ।

कोरोना संक्रमण फैलिएसंगै बलिउडमा फिल्मको सुटिङ रोकिएको छ । रोहित शेट्टीको सूर्यवंशीको प्रदर्शन मिति स्थगित भएको छ । तर यहि बलिउडमा एक रोचक बिषयले प्रवेश पाएको छ । जसका कारण बलिउड आफै त तरंगित छ नै अन्यत्र पनि यसले सबैलाई अचम्भित बनाएको छ ।

यसरी सबैलाई अचम्भित पार्ने विषय भनेको बलिउडले कोरोनाको नाममा फिल्म बनाउने भएको हो ।

कोरोना भाइरसमा आधारीत रहेर बन्ने फिल्मको टाइटल समेत फाइनल भइसकेको छ ।

इराँस इन्टरनेसनलको ब्यानरमा बन्ने उक्त फिल्मको नाम ‘कोरोना प्यार है’ रहने छ । ऋतिक रोसन अभिनित फिल्म कहो ना प्यार है संग मेल खाने यस फिल्म लव स्टोरी कथामा आधारीत रहने जनाइएको छ ।

इराँस इन्टरनेसनलका कृष्णा लुल्लाका अनुसार अहिले कोरोना प्यार है को स्क्रिप्टमा काम शुरु भइसकेको छ । इराँसका अलावा अन्य फिल्ममेकरले पनि कोरोना भाइरसमा फिल्म बनाउदैछन् ।

इण्डियन मोसन पिक्चर प्रोड्यूसर एसोसिएशनलाई पनि ‘डैडली कोरोना’ नाममा फिल्म बनाउन प्रस्ताव आइसकेको जनाइएको छ । आजतकबाट

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ५१ बजे

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक