कोरोना भाइरसको त्रास : अमेरिकामा १० जना भन्दा धेरै भेला हुन रोक | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास : अमेरिकामा १० जना भन्दा धेरै भेला हुन रोक


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएपछि अमेरिकाले १० जना १० जनाभन्दा धेरै मानिसलाई भेला हुन रोक लगाएको छ ।

अबको १५ दिनसम्म १० जना भन्दा बढीको समूहमा उपस्थित नहुन तथा बार, रेस्टुरेन्ट, खाद्य स्टल, जिम तथा अरु जमघट हुने स्थानहरुमा नजान पनि आग्रह गरिएको छ ।

न्युजर्सीमा कर्फयु आदेश जारी गरिएको छ । त्यहाँका बासिन्दाहरुलाई अब बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

न्युजर्सीका गभर्नर फिल मर्फी यस्तो आदेश जारी गरेका हुन् । अत्वाश्यकबाहेकका अन्य काममा अब स्थानीयबासिन्दाहरु घरबाहिर निस्कन नपाउने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा गरेको पत्रकार सम्मेलमार्फत यस्तो अपिल गरेका हुन् ।

कोरोना भाइरसका कारण लागु भएको आपतकालीन अवस्था ग्रिष्म ऋतुको अन्त्यसम्म वा त्यो भन्दा पछि पनि जारी रहन सक्ने उनले बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट सोमबार रातिसम्म ९१ जनाको मृत्यु भएको छ भने ४७ सय १२ जनामा संक्रमण देखिएको छ ।

कोरोना भाइरसको जोखिम उच्च भएपछि अमेरिकाले यसअघि नै युरोपेली मुलुकहरुबाट यात्रामा प्रतिबन्ध लगाइसकेको छ भने मुलकभर राष्ट्रिय संकटकाल घोषणा गरेको थियो ।

अमेरिकामा मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण समेत सुरु गरिएको छ । उच्च प्रविधिको प्रयोग गरेर बनाइएको खोप ४५ जना स्वस्थ मानिसमा प्रयोग थालिएको बीबीसीले जनाएको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ०३ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका