यूएईस्थित नेपाली दूतावासले गर्‍यो अत्यावश्यक बाहेकका सेवा बन्द | Khabarhub Khabarhub

यूएईस्थित नेपाली दूतावासले गर्‍यो अत्यावश्यक बाहेकका सेवा बन्द


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। अर्को सूचना जारी नहुदासम्म आजबाट लागू हुने गरी दूतावासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो।

कोभिड–१९ अर्थात कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै दूतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।

ट्राभल डकुमेन्ट, मृतक नेपालीको शव नेपाल पठाउन एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउने जस्ता आवश्यक सेवा भने सञ्चालन हुने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

नेपाल सरकारले गत फागुन २९ मा विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र काउन्सुलर सम्बन्धिका सेवा बन्द गरेका छन् ।

दूतावासको तथ्यांक अनुसार यूएईमा २ लाख ७५ हजार नेपाली कार्यरत रहेका छन्। यूएईमा २ जना नेपालीलाई समेत कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । उनीहरु उपचाररत रहेको जनाइएको छ ।

हालसम्म यूएईमा कोरोना भाइरसबाट ९८ जना संक्रमित भएका छन् । जसमध्ये २३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ७५ जना उपचाररत छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ४२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न