हलिउड अभिनेत्री कर्लेन्को कोरोना भाइरसबाट संक्रमित | Khabarhub Khabarhub

हलिउड अभिनेत्री कर्लेन्को कोरोना भाइरसबाट संक्रमित


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- चर्चित हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छिन ।

‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको इन्स्टाग्राममा जानकारी दिएकी हुन् ।

उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा रहेको जनाएकी छिन् ।

उनले इन्स्टाग्राममा लेखेकी छिन्- ‘कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेपछि म घरमै बसिरहेकी छु, एक हप्तादेखि ज्वरो र थकानले ग्रसित थिएँ, तपाईहरु आफ्नो ख्याल गर्नुहोस् र यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।’

यी बाहेक हलिउडका दुई दम्पती टम ह्यांक्स र रिता विल्सन, क्यानडियन प्रधानमन्त्री पत्नी सोफी, युनिर्भसल म्युजिकका सिइओ लुसियन ग्रेनगेलाई समेत कोरोना भाइरसको संक्रमण भएको पुष्टिपछि उनीहरु उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : १० बजे

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको