आइपीएलको तालिका सार्वजनिक, चेन्नई र मुम्बईबीच पहिलो खेल | Khabarhub Khabarhub

आइपीएलको तालिका सार्वजनिक, चेन्नई र मुम्बईबीच पहिलो खेल


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

आगामी मार्च २९ देखि मे २४ सम्म सञ्चालन हुने १३ औं संस्करणको आइपीएलमा पहिलो खेल चेन्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच हुने भएको छ ।

मुम्बई साविक बिजेता हो भने चुन्नई पनि सर्बाधिक सफल टिम हो । खेल मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा  हुनेछ ।

सबै टोलीले १४/१४ वटा खेल खेल्ने यो लिगको अन्तिम खेल मे १७ मा रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सबीच नै हुनेछ । फाइनल खेल भने मे २४ मा वानखेडे स्टेडियममै हुनेछ ।

प्रतियोगितामा नेपाली क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले मार्च ३० मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग खेल्नेछ ।

सनराइजर्स हैदरावादले यो सिजन अप्रिल १ मा मुम्बईसँग खेलेर आफ्नो यात्रा थाल्नेछ।  भने बैंग्लोरले मार्च ३१ मा कोलकाता नाइट राइडर्ससँग पहिलो खेल खेल्नेछ।यस सिजनमा हेरक आइतबार दुई खेल हुनेछन । अरु दिन एक खेल मात्र खेलाइनेछ ।

यसैकारण यस पटकको प्रतियोगिता अरु सिजन भन्दा ६ दिन अधिक अर्थात ५० दिन सम्म चल्नेछ । सबै खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुने छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ९ : १४ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे