शहर कुरुप हुन नदिने प्रधानमन्त्रीको उद्घोष, सुरु भयो काठमाडौंमा तार भूमिगत बनाउने काम | Khabarhub Khabarhub

शहर कुरुप हुन नदिने प्रधानमन्त्रीको उद्घोष, सुरु भयो काठमाडौंमा तार भूमिगत बनाउने काम


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको नयाँ अध्याय शुरु भएको उद्घोष गरेका छन ।

काठमाडौंबाट सुरु गरिएको विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शहरी सौन्दर्यता अभिबृद्धिमा सरकार अघि बढेको जानकारी दिए ।

तार भूमिगत गर्ने कामले आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने उनको बिश्वास छ।

‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरी गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘विद्युत्, टेलिफोन लगायत तार भूमिगत गर्ने काम काठमाडौंको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने छ।’

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै ओलीले केही मान्छेलाई सरकारको बिकास निर्माणको कामले पीर परेको आरोप समेत लगाए ।

उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना अन्तरगत पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०