कानूनमन्त्री बन्ने भइन् तुम्बाहाङफे, आजै शपथ ग्रहण गर्ने | Khabarhub Khabarhub

कानूनमन्त्री बन्ने भइन् तुम्बाहाङफे, आजै शपथ ग्रहण गर्ने


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्री बन्ने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङफेले आज (सोमबार) दिउँसो साढे ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदै छिन् ।

नेकपाले अग्नि प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएकी थिइन् ।

सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार नेकपाले सभामुखका लागि अर्का उम्मेदवार उठाएपछि शिवमायाले राजीनामा दिनु परेको थियो ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ११ : २५ बजे

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार