१० लाख तिरेर वैदेशिक रोजगारीमा जानेको पीडा, विदेशी भूमिमा बेरोजगार ! | Khabarhub Khabarhub

१० लाख तिरेर वैदेशिक रोजगारीमा जानेको पीडा, विदेशी भूमिमा बेरोजगार !

वैदेशिक रोजगारीका नाममा ६ महिनामा १८ करोड रुपैयाँ ठगी



काठमाडौं– स्वदेशमा जति पसिना विदेशमा बगाए दोब्बर कमाइ हुन्थ्यो भन्ने सोचेका थिए संखुवासभाका प्रवेश कुमार तामाङले ।’मलेसिया जाने सोचले उनी केही महिना अघि काठमाडौं आए ।

साथमा ५ जना साथी पनि थिए । वैदेशिक रोजगारीमा जानका लागि उनीहरु चक्रपथस्थित सिलिङ म्यानपावरमा (अहिले बन्द भइसकेको) पुगे ।

विदेश जानकै लागि गाउँबाट ऋण खोजेर ल्याएको पैसा म्यानपावरलाई उनले दिए ।

वैदेशिक रोजगारीका लागि मलेशिया पनि पुगे । तर उनी विदेशी भूमिमा वेरोजगार छन् ।

विदेशी भूमिमा रोजगारीका लागि पुगेपनि बेरोजगार बस्नुपरेपछि दाइ प्रेमकुमार भाइले भोगेको समस्या सुनाउन वैदेशिक रोजगार विभाग पुगे ।

‘३ महिनादेखि मेरो भाइ मलेसियामा पीडामा बसिरहेको छ’ उजुरी गर्न संखुवासभादेखि काठमाडौंसम्म आइपुगेका तामाङले खबरहबसँगको कुराकानीमा भने, ‘न्याय माग्दै यहाँसम्म आइपुगेको छु, सरकारले केही गर्छ कि ।’

मलेसिया रोजगारीमा जाने क्रममा प्रवेशसँगै उनका ५ जना साथीहरुले म्यानपावरलाई १ लाख ७० हजार रुपैयाँ तिरेको उनले बताए ।
‘ओभर टाइमसहित २२ सय प्लस रकम हुन्छ भनेपछि ऋण गरेर ल्याएको पैसा म्यानपावर सञ्चालकलाई बुझाइयोे’ उनले गुनासो गरे, ‘भाइ मलेसिया पुगेपछि त उल्टै उताको कम्पनीले पनि १ लाख पो मागेछ ।’

भाइ बेरोजगार भएको र मलेसियामा कम्पनीले पनि एक लाख रुपैयाँ मागेपछि दाइले म्यानपावर सञ्चालक हिरा बस्नेतलाई फोन गरे । ‘बुुझ्नका लागि म्यानपावरमा फोन गरेँ फोन नै उठेन’ उनले भने, ‘पछि पो थाहा भयो म्यानपावर नै भागिसकेछ ।’

म्यानपावर सञ्चालकले उनका भाइ र भाइका ६ जना जना साथीसँग गरी १० लाख २० हजार रुपैयाँ लिएको थियो । तर पैसा तिरेर विदेश पुगेकाहरु उतै बरोजगार बन्नुपर्‍यो ।

नेपाल सरकारले रोजगारीको शिलशिलामा मलेसिया लगायत विभिन्न ८ मुलुकमा जानको लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरेको छ । तर सोही व्यवस्थाभित्र रहेर युवाहरु विदेशिएको भने पाइँदैन ।

विज्ञापन मात्र फ्रि भिसा फ्रि टिकट !

अहिले बजारका चोक–चोकमा उभिएर फ्रि भिसा फ्रि टिकटका ब्रोसर बाड्ने र वैदेशिक रोजगारीका लागि मान्छे तान्ने गरिएको छ ।

त्यस्तैको प्रभाव युवावर्गमा परेको देखिन्छ । राम्रो रोजगारी पाइने भनेपछि अरु केही नबुझि म्यानवापरलाई पैसा बुझाउँदा धेरै युवाहरु ठगिएको विभागको उजुरीले प्रष्टाउँछ ।

तर कतिपय अवस्थामा उनीहरुलाई म्यानपावरले मैले पैसा तिरेको छैन भन्दै भिडियो समेत गर्न लगाउँछन् । यही पीडा लिएर गत मंगलवार वैदेशिक रोजगार विभाग आइपुगेका थिए– ‘कपनका २७ वर्षीय रामशरण पोखरेल’ ।

काठमाडौंमा ड्राइभिङको काम गरिरहेका पोखरेल यूएई जानका लागि ‘नमस्ते नेपाल’ म्यानपावर पुगे ।

सुरुमा त उनलाई म्यानपावरले फ्रि भिसा फ्रि टिकट भनेको थियो । तर जब उनी उड्ने बेला नजिकियो तब म्यानपावर सञ्चालकले थप रकम माग्न थाल्यो ।

‘सुरुमै २० हजार रुपैयाँ तिरिसकेको थिएँ’ उनले भने, ‘अलिअलि त तिर्न पनि सकिन्छ तर फ्रि भिसा फ्रि टिकट भन्दाभन्दै दुइ लाख त कसरी तिर्ने ?’

‘मैले एक रुपैयाँ पनि तिरेको छैन भनेर भिडियोमा बोल्न लगायो’ म्यानपावर सञ्चालकसँगको कुराकानीलाई उनले सुनाए, ‘भिडियो गरेपछि फेरि पनि १ लाख ७० हजार माग्यो ।’

‘भोलिको फ्लाइट हिजो मात्र पैसा सबै नदिएसम्म उडाउदिनाँ भन्यो’ पोखरेलले गुनासो गरेँ, ‘त्यसैले आज उजुरी गर्न आएको ।’

विभाग भन्छ : ठगी गर्ने म्यानपावरलाई कारवाही गर्छौ

वैदेशिक रोजगारको मोहमा नेपालीहरुले म्यानपावरले नै आफूहरुलाई ठगिरहेको बुझ्न सकेका छैनन् । यता विभाग भने ठगीका विषयमा उजुरी दिनेहरु घट्दै गएको बताउँछ ।

‘अहिले फ्रि भिसा फ्रि टिकट लागू भएपछि व्यक्तिगत ठगीका उजुरीहरु कम हुँदै गएका छन्’ विभागका सूचना अधिकारी भोलानाथ गुरागाइँले भने, ‘मापदण्डभन्दा बाहिर रहेर काम गरेका म्यानपावरलाई विभागले निगरानी गरिरहेको छ ।’

उनकाअनुसार विभागले गत महिनामात्र चार वटा म्यानपावरमा अनुगमन गरेको थियो । ‘चारवटै म्यानपावरले मापदण्डभन्दा बाहिर रहेर काम गरेकाले हामीले कारवाही गरेका थियौं’ उनले भने, ‘उजुरीहरुको प्रकार हरेर पनि विभागले कारवाही गरिरहेको छ ।’

रोजगारीको आशामा ठगिदैं युवा

विभागमा वैदेशिक रोजगारीका क्रममा भएका ठगि तथा समस्याबारे उजुरी दिनेको संख्या दिनहुँजसो देखिन्छ ।

म्यानपावर तथा एजेन्टबाट ठगिएका, तोकिएको श्रम र तलव नपाएका युवाहरुको उजुरीको संख्या बढेको देखिन्छ ।

आर्थिक वर्ष ०७४/०७५ मा ७ सय ६९ उजुरीकर्ताले ९ करोड ६४ लाख ५९ हजार रुपैयाँ दावी गरेका थिए ।

आर्थिक वर्ष ०७५/०७६ मा १ हजार २ सय ६३ उजुरीकर्ताले २९ करोड ६३ लाख २० हजार रकम दावी गरेका थिए ।

त्यस्तै चालू आर्थिक वर्षको ६ महिनामा ७ सय ४८ उजुरीकर्ताले १७ करोड ४६ लाख ६७ हजार रकम दाबी गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ९ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६