कोरोना भाइरसः मृतकको संख्या १७ सय नाघ्यो, ४० जना अमेरिकी पनि संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरसः मृतकको संख्या १७ सय नाघ्यो, ४० जना अमेरिकी पनि संक्रमित


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ ।

सीएनएनले जनाए अनुसार ७१ हजार भन्दा बढी संक्रमित भएका छन् । चीन बाहिर अन्य मुलुकमा कोरोनाको संक्रमण बाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको जनाएको छ ।

अमेरिकी सरकारले जापानको तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको आफ्ना ३ सय बढी नागरिकलाई दुईवटा जहाज मार्फत स्वदेश लगेको छ ।

सोमबार बिहानै जापानको टोकियोमा रहेको हानेदा विमानस्थलबाट आफ्ना नागरिक लिएर अमेरिकी विमान स्वदेश फर्किएको सीएनएनले जनाएको छ ।

क्रुज सिपमा झण्डै ४०० जना अमेरिकी थिए । फेब्रुअरी ३ देखि जापानको तटमा सो पानी जहाज निगरानीमा राखिएको थियो । पानी जहाजमा रहेकाहरुलाई दुई हप्तासम्म निगरानीमा राखिएपछि अमेरिकाले आफ्ना नागरिकलाई विमान चाटर्ड गरेर स्वदेश लगेको हो ।

डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन ।

करिब ३ हजार ७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको थियो ।

उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टाइनमा राखिएको थियो।

यो क्रममा ४० जना अमेरिकीलाई कोरोना संक्रमण भएको हो । चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।यो सँगै पानी जहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ३ सय ५५ पुगेको छ।

संक्रमित हुनेको संख्या बढ्दै गएपछि चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरिएको छ। त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्‌कालीन अवस्थामा मात्र बाहिर निस्कन दिइनेछ।

त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरधुरीबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्कन अनुमति दिइनेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ७ : १२ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका