नगरपालिकाले घर भत्काउँदा झडप | Khabarhub Khabarhub

नगरपालिकाले घर भत्काउँदा झडप


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाह्रबिसे बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ ।

नगरपालिकाले डोजर प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा बिहान ८ बजेबाट भत्काउन शुरु गरेको थियो ।

टहरा भत्काउने क्रममा बाह्रबिसेको खुर्सानीबारीमा झडप भएको थियो । यसअघि भत्काउन पटकपटक सार्वजनिक सूचना जारी गर्दा स्थानीयले घर टहरा नहटाएकाले डोजर प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । अहिले नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधि, कर्मचारी, प्रहरीको उपस्थितिमा घर टहरा भत्काइएको हो ।

बजार कुरूप देखिने र सडक साँघुरो हुँदा दुर्घटना हुनसक्ने सम्भावना भएकाले अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

सडक फराकिलो बनाउँदा जाम नहुने र दुर्घटना न्यूनीकरणमा सहयोग हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले बताए । बजार क्षेत्र साँघुरो हुँदा जामको समस्या भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : १५ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक