विश्वकै होचा खगेन्द्र थापा मगरको निधन | Khabarhub Khabarhub

विश्वकै होचा खगेन्द्र थापा मगरको निधन


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकै होचा व्यक्ति बाग्लुङका खगेन्द्र थापा मगरको मृत्यु भएको छ ।

थापा मगरको शुक्रबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । निमोनियाले बिरामी भएका थापालाई उपचारको लागि बिहीबार मणिपाल अस्पताल लगिएको थियो ।

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका थापा मगरलाई शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले जानकारी दिए ।

जन्मँदा ६०० ग्राम तौलका खगेन्द्रको तौल विश्व रेकर्ड राख्दा ५.५ किलोग्राम थियो । उनले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वरल्ड रेकर्ड’मा नाम लेखाएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ०३ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप