यो वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने आइएमएफको प्रक्षेपण | Khabarhub Khabarhub

यो वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने आइएमएफको प्रक्षेपण


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चालू आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ ।

लाउरा जस्माइलोको नेतृत्वमा ५ सदस्यीय टोली नेपालको अर्थतन्त्रको अवस्थाका बारेमा अध्ययन गर्न आएको थियो । आइएमएफको आर्टिकल मिशन फोरले पत्रकार सम्मेलन गर्दै आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने जनाएको हो । आइएमएफले यसअघि ६.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

विद्युतको सहज, आपूर्ति राजनीतिक स्थायित्व तथा भूकम्पपछिको पुनर्निर्माणमा काम भइरहेको भए पनि सरकारले विकास खर्च गर्न नसकेको लगायतका कारणले प्रक्षेपण गरेअनुसार अर्थिक वृद्धि नहुने मिशनले निश्कर्ष निकालेको छ ।

सरकारले भने साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । आइएमएफले भनेको भन्दा बढी आर्थिक वृद्धिदर हुने सक्ने अर्थमन्त्री युवराज खतिवडाले बताए । मिशन फोरको टोलीसँगको ओपनिक छलफलमा खचिवडाले भनेका थिए, ‘तपाईंहरुले पोहोर साल पनि निकै कम मात्रै आर्थिक वृद्धिदर हुन्छ भन्ने प्रक्षेपण गर्नुभयो, हामीले तपाईंहरुको प्रक्षेपणभन्दा धेरै गर्यौं, यो वर्ष पनि तपाईंहरुको प्रक्षेपणभन्दा धेरै निकै धेरै आर्थिक वृद्धिदर हुन्छ ।’

प्रत्येक वर्ष आइएमफको टोलीले स्थलगत अध्ययन गरी आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । टोलीले तयार पारेको रिपोर्ट आइएमएफको सञ्चालक समितिले पारित गरेपछि मात्रै सार्वजनिक हुन्छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६