बेलायतमा एक हप्तामा १ लाख ३७ हजारले बढीले लगाए कोरोनाको खोप | Khabarhub Khabarhub

बेलायतमा एक हप्तामा १ लाख ३७ हजारले बढीले लगाए कोरोनाको खोप


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाएका छन् ।

पहिलो खोप लगाएको एक हप्ताको अवधिमा १ लाख ३७ हजार बढीले खोप लगाएको सरकारी अधिकारीहरूले जानकारी दिएका हुन् ।

बेलायतमा अघिल्लो हप्ताको मङ्गलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको थियो ।

औपचारिक रूपममा कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि बेलायतबाटै शुरु भएको हो । बेलायतको सरकारी निकायले फाइजर बायोएनटेकको खोप आपत्कालीन अवस्थाका सङ्क्रमितलाई प्रयोग गर्न स्वीकृति दिएको थियो ।

स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको जानकारीअनुसार देशभरी अहिलेसम्म एक लाख ३७ हजार ८९७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । तीमध्ये झण्डै एक लाख आठ हजार जना इग्ल्याण्डका मात्रै रहेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप दिने कार्य उत्साहजनक रूपमा अगाडि बढीरहेको बताउँदै यसलाई “राम्रो शुरुआत”को रूपमा लिन आह्वान गर्नुभएको छ ।

बेलायतले चार करोड खोप माग गरिसकेको छ भने त्यसले दुई करोड मानिसलाई पुग्ने छ । यो खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनु पर्ने खोप निर्माताहरूको सिफारिस छ ।

पहिलो चरणमा आठ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने बेलायतको योजना रहेको पनि प्रधानमन्त्री जोनसनले जानकारी दिनुभएको छ ।

बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर बेलायतमा अहिलेसम्म झण्डै ६५ हजारको मृत्यु भएको छ भने कूल झण्डै १९ लाख मानिस सङ्क्रमित भएका छन् ।

विश्वभरी अहिलेसम्म सात करोड ३९ लाख ६७ हजारभन्दा बढी सङ्क्रमित हुँदा १६ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : २८ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।