जीवित सुनगोहोरोसहित दुई पक्राउ | Khabarhub Khabarhub

जीवित सुनगोहोरोसहित दुई पक्राउ


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले टोखा नगरपालिका–२ चण्डेश्वरीमा संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित मोरङका ४१ वर्षीय भेषबहादुर थापा र मोरङकै ४६ वर्षीय डिल्लीराम पौडेललाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले चितुवाको आखेटोपहार र सुनगोहोरो अवैधरुपमा ओसारपसार र बेचबिखन गर्न लागेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग जीवित सुनगोहोरो आठ वटा र चितुवाको आखेटोपहार एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बूढानीलकण्ठ पठाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ३९ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा