‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने | Khabarhub Khabarhub

‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) पोखराले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ ।

पोखराको ब्राण्ड बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाउ सडकमै रमाऔँ’ भन्ने नारासहित २२औँ सडक महोत्सव गर्न लागिएको रेवानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित तीन दिनमात्र तामझामविना स्वास्थ्य सतर्कता अवलम्बन गरी महोत्सव गर्न लागिएको जानकारी दिए ।

“हामीले पर्यटन सम्बद्ध सङ्घसंस्थासँग व्यापक छलफल गर्‍यौँ सबै संस्था तयार हुनुभयो । प्रशासनबाट पनि अनुमति पायौँ । महामारी जारी रहेकाले स्वास्थ्य सतर्कतासहित तामझामविना मनाउन लागिएको हो”, बरालले भने ।

कार्यक्रमका संयोजक वसन्त गौतममले कोरोना महामारीबीच पर्यटन गतिविधिलाई चलायमान बनाउन सडक महोत्सवले भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पर्यटन ठप्प छ, अघिल्ला महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक रमाउने महोत्सव अहिले आन्तरिक पर्यटकमाझ केही सीमित कार्यक्रम गरेर मनाउन लागेका छौँ ।”

उनले पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचनासहित अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा तीन वटा कक्षमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका वेषभूषासहितको सांस्कृतिक कार्यक्रम गरेर महोत्सव मनाइनेछ । कार्यक्रमका सहसंयोजक एवं स्वास्थ्य संयोजक भीष्मराज पौडेलले प्रवेशद्वारबाट स्वास्थ्य सकर्तकतमा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइने जानकारी दिए ।  महोत्सवस्थलमा स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिलाई पनि जोड दिइनेछ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराइले पोखराका विभिन्न सङ्घसंस्था आन्तरिक पर्यटन प्रवद्र्धनको अभियानमा जुटेको उल्लेख गर्दै अब पोखराको पर्यटन उकास्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । उनले पोखराका धार्मिक तथा पर्यटकीय गतिविधि केही दिनभित्रै खुल्ने पनि जानकारी दिए ।

उनले भने, “हामीले यस क्षेत्रमा बन्द रहेका पर्यटकीय र धार्मिकस्थल खुला गर्न सङ्घीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छौँ, उहाँरुले लिखित निर्णय नआए पनि मौखिक अनुमति दिनुभएको छ । अब विस्तारै आसपासका पर्यटकीय गन्तब्य खुल्नेछन् ।”

उनले सरोकारवालासँग पनि छलफल भएकाले अब बाराही मन्दिर, स्तूपा, डेभिजफल्सलगायतका गन्तब्य खुला हुने बताए ।

भट्टराईले व्यवसायीका लागि ल्याएको पुर्नकर्जा कोषलाई कार्यान्वयन गर्न नसक्दा व्यवसायी थप पीडित भएको जनाउँदै सरकारलाई ध्यानाकर्षण गराएको बताए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ४५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न