स्थायी कमिटी बैठकअघि प्रचण्डसँग शंकर पोखरेलको भेट | Khabarhub Khabarhub

स्थायी कमिटी बैठकअघि प्रचण्डसँग शंकर पोखरेलको भेट


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीकानिकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विवाद झन् चर्किएका बेला पोखरेल बुधबार बिहानै प्रचण्ड निवास खुमलाटार पुगेका हुन् ।

भेटमा पोखरेलले प्रचण्डलाई पार्टी असहमतिलाई बैठकअघि दुई अध्यक्ष मिलेर सुल्झाउन आग्रह गरेको बताइएको छ ।

जवाफमा प्रचण्डले आफू विवाद मिलाउन लचिलो बनिरहेका बेला ओलीले एकलौटीरूपमा अध्यादेश ल्याएर पार्टी फुटलाई बढवा दिएकाले सामूहिक रूपमा नै छलफल हुने बताएको स्रोतले जनाएको छ ।

अब स्थायी कमिटी र केन्द्रीय कमिटीबाटै यावत विषयको छिनोफानो हुने प्रचण्डले पोखरेललाई सन्देश दिएका छन् ।

पोखरेलसँगको भेटपछि प्रचण्डले आफूनिकट केही नेताहरूलाई पनि खुमलटार बोलाएर भेटेको जनाइएको छ ।

 

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०