कुश्मा बजारका सडकमा धमाधम कालोपत्रे | Khabarhub Khabarhub

कुश्मा बजारका सडकमा धमाधम कालोपत्रे


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको कुश्मा बजारभित्रका मुख्य सडकहरुमा कालोपत्रे गर्न शुरु भएको छ ।

सङ्घीय सरकारको शहरी विकास कार्यालयमार्फत नगर क्षेत्रको बजारभित्रको झण्डै तीन किलोमिटर सडकखण्डमा कालोपत्रे बिच्छ्याउने कार्य शुरु भएको हो ।

नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिइएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र  जोशीले बताए ।

नगरभित्रको तीन किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।

बजारक्षेत्रका मुख्य सडक आठ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट काम भइरहेको छ ।

मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयवासीले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे बिच्छ्याउने काम अघि बढेको छ ।

नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम आठ मिटर चौडा बनाउने गरी सडक विस्तारमा जुटेको नगर प्रमुख जोशीले बताउनुभयो । यद्यपि कतिपय स्थानमा भने मापदण्ड नपुगेर सडक विस्तार गरिएको छ ।

पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम शुरु गरिएको नगर प्रमुख जोशीले बताए ।

‘बजारका सबै सडकको न्यूनतम मापदण्डानुसार चौडा पार्ने काम सकियो’, उनले भने, ‘अहिले दोस्रो चरणका काममा अघि बढेका छौँ ।’

शाखा सडकहरू यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाइएको छ । केही पक्की घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सबै सडक आठ मिटरको कायम भने हुन नसकेको नगरप्रमुख जोशीको भनाइ छ ।

सडकमा कालोपत्रे बिच्छ्याउने काम शुरु भए पनि बजार क्षेत्रका केही मुख्य सडक भने यस पटक छुटेका छन् ।

सडकमा कालोपत्रे र नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सबै सडक यसै पटक कालोपत्रे गर्न नसकिएको जोशीले बताए ।

अहिले शिवालय चोकदेखि धनेश्वर चोक हुँदै प्रगति चोकबाट बडागाउँ र मैत्री चोकदेखि शिवालय माविसम्मको सडक मात्र कालोपत्रको काम भइरहेको छ ।

बाँकी सडकमा कालोपत्रे बिच्छ्याउने कार्यका लागि सङ्घ र प्रदेश सरकारकासँग समन्वय भइरहेको नगरप्रमुख जोशीले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १ : २७ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले