नेशन्स लिगमा इटालीको जित | Khabarhub Khabarhub

नेशन्स लिगमा इटालीको जित


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पोल्याण्डलाई हराएको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित पोल्याण्डलाई इटालीले २-० गोलले हरायो ।

इटालीको जितमा जोर्जिन्हो र डोमिनिको बेरार्डीले एकएक गोल गरे ।

घरेलु मैदानमा जोर्जिन्होले २७औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

खेलको ७७औँ मिनेटमा गोराल्स्कीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पोल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।

खेलको ८४औँ मिनेटमा डोमिनिकोले गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।

जितसँगै लिग ‘ए’ समूह १ को इटालीले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

समूहको शीर्ष स्थानमा रहेको इटालीले ५ खेलमा ९ अंक छ । ७ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ९ : १३ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही