यी ७ उपहार जसको आदनप्रदानले हुन सक्छ अनिष्ट ! | Khabarhub Khabarhub

यी ७ उपहार जसको आदनप्रदानले हुन सक्छ अनिष्ट !


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपहारको लेनदेन हाम्रो जीवनको एक महत्वपुर्ण हिस्सा हो ।

उपहार पाउने ब्यक्ति हरेक व्यक्ति खुशी हुने गर्दछन् । यो स्वाभाविक पनि हो, कसैले दिने उपहारले उसको नियतबारे स्पष्ट पार्दछ ।

तर, कतिपय अवस्थामा केही यस्ता चिजबिज हुन्छन् जसलाई भूलेर लिनु हुन्न ।

धार्मिक मान्यता अनुसार यस्ता वस्तु उपहार लिएमा घर र उपहार पाउने ब्यक्तिको जीवनमा नकारात्मक असर पर्दछ । तसर्थ जानाजान यस्ता वस्तु उपहार दिने ब्यक्तिले समेत तपाईंको भलो चिताउँदैनन् भनेर बुझ्न सकिन्छ । यी हुन् उपहारमा लिन नहुने वस्तुहरु –

१. उपहारमा कहिल्यै पनि हिंस्रक जनावरको तस्वीर वा मूर्ति उपहारमा लिनु वा दिनु हुँदैन । यस्ता तस्वीर उपहारमा लिए वा दिए हिंस्रक घटना हुने सम्भावना हुन्छ ।

२. कहिल्यै पनि उपहारमा डुब्दै गरको जहाजको फोटो वा मूर्ति उपहारमा नलिनोस् । यस्ता तस्वीर वा मूर्ती घरमा राखे अशुभ फल प्राप्त हुन्छ । साथै आर्थिक नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ ।

 ३. चक्कू, छुरी वा कुनै तिखा हतियार उपहारमा लिनु वा दिनु हुँदैन । यसले दुबैको सम्बन्ध बिर्गाछ ।

४. कालो वस्त्र कहिल्यै कसैलाई उपहार दिनु हुदैँन । यसलाई अपसगुन मानिन्छ । यसलाई मृत्यु कारक पनि मानिन्छ ।

 ५. उपहारमा जुत्ता दिनु वा लिनुसमेत हानिकारक हो । यो विछोडको प्रतीक मानिन्छ । अझ प्रेमीप्रेमिकाले यी सामग्री उपहारमा दिन लिन बन्द गर्नु पर्दछ ।

६. उपहारमा रुमाल दिनु समेत हानिकारक मानिन्छ । यो जीवनमा दुःखको कारण र कष्टको कारक मानिन्छ । रुमाल दिने प्रेमजोडीको मिलन नहुने मान्यता छ ।

 ७. उपहारमा घडी समेत दिनु हुँदैन । घडी उपहारमा दिए यसले जीवनमा प्रगती रोक्ने मान्यता छ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ५ : ४५ बजे

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

डीएसपी भण्डारी र इन्सपेक्टर लिम्बू चैत महिनाका सर्वोत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारी

इलामको चिया समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री भन्छन् : निजी क्षेत्रलाई समेटेर देश विकासको नयाँ मोडेल बनाऊँ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा