आज २०७७ मंसिर १ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०७७ मंसिर १ गते सोमबारको राशिफल


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ मंसिर १ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

शरीर भारि र मन अस्थिर हुनेछ । प्रेमी- प्रेमिकाकाबीच मनमुटाब हुन सक्नेछ । छोटो यात्रा हुनेछ । आम्दानीभन्दा बढी भइरहेको खर्च अझै बढ्नेछ । दिनको उत्तरार्धबाट भने आकस्मिक धन प्राप्तीको योग छ । पढाइलेखाइमा प्रगति हुनेछ ।

बृष

भाग्योदयको योग छ । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । लामो समयदेखि रोकिएका कामहरू कामहरू पूरा हुनेछन् । आर्थिक लाभ प्राप्त होला । नोकरी पदोन्नती र ब्यवसायमा सफलता हुनेछ ।

मिथुन

आजको दिन शुभ रहनेछ । कतै लामो दूरीको लाभदायी यात्रा पनि हुन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विपरित लिंगिबाट विशेष सहयोग मिल्नेछ । साथीभाई र आफन्तसँग भेटघाट हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

कर्कट

धर्म कर्मतिर मन जानेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। ठूला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। दाजुभाईसँग मनमुटाब हुन सक्छ । बोलिविपरितको अर्थ लाग्न सक्ने भएकाले सोचबिचार गर्नुहोला । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। शैक्षिक क्षेत्र सफल रहनेछ ।

सिंह

नयाँ कामको सुरूवात हुन सक्ने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । आफन्तको धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । घर ,जग्गा खरिद बिक्रिको योग छ । शैक्षिक क्षेत्र सुधार हुनेछ । प्रेम सम्बन्ध सफल बन्नेछ । अनावश्यक मुद्दा मामिला पनि आइलाग्न सक्छ ।

कन्या

विशिष्ठ र विशेष व्यक्तिको सहयोग रहनेछ । खासगरी विपरीत लिंगीको सहयोग बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । नयाँ ठाउँमा घुम्ने योजना बन्न सक्छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अचल सम्पत्ती हात पर्न सक्छ । वैदेशिक क्षेत्र सफल रहनेछ ।

तुला

सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन भने धेरै नै संघर्ष गर्नुपर्ने देखिन्छ । नयाँ योजना गोप्य राख्नु होला नत्र नजिककै व्यक्तिबाट धोका हुन सक्छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ। शैक्षिक क्षेत्र र प्रेम सम्बन्ध सफल रहन्छ ।

बृश्चिक

सुविचारले प्रेरित हुइनेछ । साधु सन्त तथा महात्माको आशिर्वाद प्राप्त हुनेछ । अनुहारमा कान्ती र मनमा शान्ति छाउला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोश–जाँगर र हिम्मत बढ्ने छ । शरीरमा स्फूर्ति बढ्नेछ । ठीक समयमा ठीक निर्णय लिन सकिनेछ । शत्रु पराजित हुनेछन् ।

धनु

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । यात्रामा साबधानी अपनाउनु होला । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ पाइनेछ ।

मकर

परिवारमा सुख सन्तोष छाउला । कार्य सिद्धीको योग छ । शैक्षिक क्षेत्र र प्रेम सम्बन्ध राम्रो रहनेछ । सन्तान प्राप्तीको योग छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । आलश्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ।

कुम्भ

धार्मिक यात्रामा रूची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । विपक्षीहरूले रिस गरे पनि बिगार गर्न सक्ने छैनन् । मानसम्मान, ख्याती एवं प्रतिष्ठामा बृद्धि हुनेछ । आफ्नो कामविशेषले यात्रा हुन सक्छ ।

मीन

स्वास्थ्यमा समस्या देखिन सक्छ । दुख:कष्ट र सत्रु पक्ष हावी हुन सक्छन् । चोटपटकको भय पनि छ । घरपरिवार र आफन्तको सहयोग भने कायमै रहनेछ । खर्च बढे पनि आम्दानीले थेग्न सकिनेछ । शैक्षिक क्षेत्र र प्रेम सम्बन्ध मध्यम रहनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ५ : २७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका