सर्वोच्च अदालत कात्तिक १५ सम्म बन्द रहने | Khabarhub Khabarhub

सर्वोच्च अदालत कात्तिक १५ सम्म बन्द रहने


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालत कात्तिक १ देखि १५ गतेसम्म बन्द हुने भएको छ ।

आज एक सूचना जारी गर्दै कात्तिक १ गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने जानकारी गराइएको छ ।

यद्यपि सर्वोच्च अदालत प्रशासन महाशाखाका अनुसार यो अवधिमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने छ ।

शनिबार र दशैंको टिकाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि भने खुला रहने बताइएको छ । अरु मुद्दामा भने सुनुवाइ नहुने जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : १५ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति