ललितपुरमा कात्तिक २ देखि अत्यावश्यकबाहेकका सेवा स्थगित | Khabarhub Khabarhub

ललितपुरमा कात्तिक २ देखि अत्यावश्यकबाहेकका सेवा स्थगित


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै ललितपुरमा अत्यावश्यकीयबाहेकका सेवाहरु स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

शुक्रबार भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा अन्य सरोकारवालासँगको परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो

कोरोना जोखिम थप बढेको निष्कर्षसहित स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो। २ गतेपछि जिल्लाभित्र अत्यावश्यक सेवाभन्दा बाहेकका सबै सेवा बन्द हुने प्रशासनको सूचनामा उल्लेख छ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर अत्याधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्दा सेवाग्राहीहरुको भिडभाड अत्याधिक बढ्न गई सेवाग्राहीमा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले सेवा प्रवाह स्थगित गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

यस्तो छ सूचना-

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : ०५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा