सरकार कोरोनाप्रति गम्भीर देखिएन, दशैंपछि आन्दोलन गर्छाैं : सभापति देउवा | Khabarhub Khabarhub

सरकार कोरोनाप्रति गम्भीर देखिएन, दशैंपछि आन्दोलन गर्छाैं : सभापति देउवा


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दशैं लगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिने बताएका हुन् ।

कांग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोधका कार्यक्रम गर्ने बताए ।

कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए।

औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायत व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको उनले आरोप लगाए ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए।

सरकारलाई जिम्मेवार बनेर काम गर्नसमेत उनले माग गरे। कोभिड-१९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्धार र राहतको समुचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग उनले माग गरे।

कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिसँग समन्वय गरी अनुगमन गरेको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ५६ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे