चिनियाँ ठेक्का रहेको चाकु ‘ए’ जलविद्युतको समाचार संकलनमा गएका पत्रकारमाथि आक्रमण | Khabarhub Khabarhub

चिनियाँ ठेक्का रहेको चाकु ‘ए’ जलविद्युतको समाचार संकलनमा गएका पत्रकारमाथि आक्रमण


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको निमार्णाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनामा समाचार संकलन गर्न गएका पत्रकारमाथि हातपात भएको छ ।

चिनियाँ नागरिकले ठेक्का पाएको जलविद्युत आयोजनले थुप्रै स्थानीयलाई विस्थापित गरेको थियो ।

ठेकेदारबाट परिचालित तरिकाले विस्थापित नागरिकको उचित व्यवस्था समेत नभएको स्थानीयको गुनासो छ ।

यसरी स्थानीयलाई नै संकटमा पारेका बेला उनीहरुको आवाज बाहिर ल्याउँन गएका पत्रकारहरुमाथि समेत ठेकेदारबाटै परिचालित ढंगले आक्रमण एवं हातपात भएको जनाइएको छ ।

असोज २७ गते सामाचार संकलन गर्न गएका गोरखापत्रका सम्वाददाता चित्र मिजार, कान्तिपुर दैनिकका सम्वाददाता अनिश तिवारी र एपीवान टीभीका पत्रकार निरोज चौलागाईमाथि २०७७ असोज २७ गते आयोजनाका कर्मचारीहरुले हातपात गरेका हुन् ।

उनीहरुले काठमाडौंबाटै समाचार संकलनका लागि गएका पत्रकारहरुको सवारी साधन समेत तोडफोडको प्रयास गरेका थिए ।

भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले पत्रकारमाथि आक्रमण गरेको थियो ।

पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

यस्तो छ महासंघद्वारा जारी विज्ञप्ति

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भिनएको छ, ‘नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो हर्कतले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारमाथिसमेत आघात पुगेको छ ।’

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पुर्याउने यस्ता घटनाको कडा भर्त्सना गर्दै घटनामा संलग्नहरुको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

यसैबीच नेपाल प्रेस युनियनले समेत पत्रकारमाथि भएको आक्रमणको  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तीमा अराजक समुहले पत्रकारहरुलाई हातपात गर्दै उनीहरु चढेको गाडीसमेत तोडफोड गर्न खोजेको घटनाले मौलाउँदो दण्डहिनतालाई देखाएको छ, जुन सभ्य समाजमा स्वीकार्न नसकिने उल्लेख गरेको छ ।

प्रेस युनियनले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : ४५ बजे

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको