ओपो ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजक | Khabarhub Khabarhub

ओपो ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजक


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवाप्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।

ओपोले ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामू आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने छ ।

नेपाली कला उद्योगकै लागि एक कोशे ढुङगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् । भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै ब्यवसायिक गायन क्षेत्रमाआफ्नो नामसमेत लेखाइ सकेका छन् ।

‘ब्राण्डका रुपमा ओपोले सँधै यूवामाथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनलाई सृजनात्मकरुपमा आफुमा निहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिब्यक्ति र मनोरञ्जन उद्योग यूवा पुस्ताको रुचिको विषय हो ।

तिनको रुचिसंग मेल खाएको लोकप्रिय कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि खुशीको विषय हो’, ओपो नेपालका ब्राण्ड निर्देशक, पियरसन शेनले भने ।

‘ओपो द भ्वाइस अफ नेपाल’ले यूवा प्रतिभामा निहित गायन कलालाई लाखौँ/करोडौँ पारखी तथा दर्शकहरु माझ प्रस्तुत गर्न उल्लेख्य मात्रामा सघाउने विश्वास गरिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ३ : ३५ बजे

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ