एन्फामा कर्मचारीको तलब १० देखि २० प्रतिशतसम्म बढ्ने | Khabarhub Khabarhub

एन्फामा कर्मचारीको तलब १० देखि २० प्रतिशतसम्म बढ्ने


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारीहरुको तलब बढाउने भएको छ । एन्फाले १० देखि २० प्रतिशतसम्म तलब बढाउन लागेको हो ।

नोबेल कोरोना भाइरसको महामारीका बीच पनि एन्फाले आफ्ना कर्मचारीहरुको तलब बढाउने तयारी गरेको छ । एन्फाका एक पदाधिकारीका अनुसार अबको केही दिनभित्रै बस्ने केन्द्रीय कार्यसमिति बैठकले कर्मचारीहरुको तलब बढाउने छ ।

यसअघि कर्मचारीहरुले साउदेखि नै तलब बढाउन दबाब दिएपनि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कर्मचारीको तलबको प्रस्ताव केन्द्रीय कार्यसमितिमा लैजान भनेपछि अब बस्ने कार्यसमितिले यसको विषयमा निर्णय गर्ने ती पदाधिकारीले बताए ।

फेडेरेसन अफ इन्टरनेसनल फुटबल एसोसियसन (फिफा) र एसियन फुटबल फेडेरेसन (एएफसी) को अनुदानबाट चल्ने एन्फामा कर्मचारीहरुको सम्झौताको विषयले पनि केही समय लिएको बताइएको छ ।

‘तत्कालै बस्ने कार्य समितिमा कर्मचारीदेखि खेलाडीको तलब बढाउने प्रस्ताव जान्छ । त्यसमा छलफल भएपछि मात्रै के कति बढ्ने भन्ने हुन्छ,’ ती पदाधिकारीले खबरहबसँग भने, ‘अहिले जसले सबैभन्दा बढी तलब खान्छ उसको १० प्रतिशत बढाउने र त्यसपछि अलि कम हुनेको १५ प्रतिशत र निकै कम तलब पाउने कर्मचारीहरु पनि छन् । उनीहरुको २० प्रतिशतका हिसाबले बढ्नेछ ।’

झण्डै २०–२५ वर्षदेखि एन्फाको विभिन्न तहमा रहेर काम गरिसकेका कर्मचारीहरुलाई फिफा र एएफसीले सम्झौतामा लैजान भनेपछि केही समस्या उत्पन्न भएको हो । यस्तै, सम्झौतालाई लिएर एन्फा कर्मचारीहरुको तलबसमेत रोकिएको बताइएको छ ।

‘अहिले सम्झौतालाई लिएर कर्मचारीहरु केही रिसाएको भनिएको छ । यद्यपि उहाँहरु (कर्मचारी) हरुले सम्झौतामा हस्ताक्षर गर्नेमा हामी विश्वस्त छौं, फिफा र एएफसीले सम्झौता विना तलब नै नदे भनिसकेको छ,’ ती पदाधिकारीले भने ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०