किन ट्रोल भइरहेकी छिन् आँचल ? | Khabarhub Khabarhub

किन ट्रोल भइरहेकी छिन् आँचल ?


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समययता एकपछि अर्को गर्दै नेपाली फिल्म क्षेत्रका कलाकारहरु विवादमा फस्ने गरेका छन् । वर्षा राउत, दीपाश्री निरौला, पूजा शर्मा लगायतका कलाकार यसअघि विवादमा तानिएका थिए ।

सामाजिक सञ्जालमा पनि यी कलाकारलाई ट्रोलिङ बनाइयो ।

यतिबेला भने अर्की कलाकार आँचल शर्मालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले तारो बनाएका छन् ।

आँचल यत्तिकै विवादमा भने आएकी होइनन् । उनले एक अन्तर्वार्ताका क्रममा महिलाहरुले टिकटकमा हात हल्लाएर पनि आफ्नो कला देखाउन सक्ने बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘केटीहरु टिकटकै बनाए पनि क्रियटिभ हुन्छन्, किनकि दिमाग चलाएको हो नि, क्रियटिभ दिमाग त्यत्तिकै चल्दैन ।’

उनले केटाहरुले पब्जी खेल्ने तर युवतीहरु टिकटक बनाउने गरेको बताएकी थिइन् ।

आँचलको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको छ । ‘हात चलाउन जान्दैमा कोही क्रियटिभ नहुने’ भन्दै उनलाई मजाकमा उडाइएको छ ।

उनले सानैदेखि केटाहरु पब्जी खेल्न थाल्ने र केटीहरु टिकटक बनाउने थाल्ने देखिएको बताएकी थिइन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १ : ४० बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल