म्याग्दीको दग्नाम गाउँ पहिरोको जोखिममा | Khabarhub Khabarhub

म्याग्दीको दग्नाम गाउँ पहिरोको जोखिममा


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दीको रघुगंगा गाँउपालिका–४ दग्नाम गाउँ पहिरोको जोखिममा परेको छ। पहिरोका कारण आठ घर परिवार विस्थापित भएका छन्।

पहिरो सक्रिय भएपछि दग्नामको गैरीगाउँ, टाय र माझीगाउँका आठ घर परिवार विस्थापित भएका हुन्। जमिन धाँजा फाटेर चिराचिरा पर्ने, घरका पर्खाल चर्कने र भत्किन थालेका छन्।

जोखिममा रहेका घरपरिवारलाई मंगलबार सुरक्षित ठाउँमा सारिएको जनता मावि दग्नामका प्रधानाध्यापक गुन पुनले जानकारी दिए। स्थानीयबासी, युवा क्लव, आमा समूहले घरभित्र रहेका सामान सार्न सहयोग गरेका थिए।

विस्थापित हुनेमा गैरीगाउँका एकबहादुर गर्बुजा, छबहादुर गर्बुजा, रमाया गर्बुजा र रेशम गर्बुजाका परिवार छन्। टोयका मबहादुर गर्बुजा, तुलबहादुर पुन, माझिगाउका तुलबहादुर बिक र गंगा गर्बुजाको परिवार पनि विस्थापित भएका छन्।

भिरालो पाखोमा अवस्थित दग्नाम गाउँको मुनी र माथि दर्जनौ ठाउँमा जमिन चर्किनुका साथै खेतबारीका गह भत्किएका छन्। दग्नाममा डेढ सय बढी घरधुरीको बसोबास छ। केही दिनअघि दग्नामकै राम्कुलीबोटमा गएको पहिरोबाट दश घर जोखिममा परेका छन्।

कृष्ण गर्बुजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्मर गर्बुजा, खड्ग गर्बुजा, खबिर तिलिजा, चन्द्र शेरपुञ्जा, केआइसिंह गर्बुजा र रनबहादुर गर्बुजाको घर उच्च जोखिममा परेका छन्। दग्नामदेखि दर्मीजातर्फ जाने सडक पहिरोले पुरेको छ। आठ वटा विद्युतका पोलमा क्षति पुगेको छ।

देउमान गर्बुजाको गोठमा ढुंगामाटो थुप्रिएको छ। यामकुमार गर्बुजा, कृष्ण गर्बुजा, पविन गर्बुजा, टिका गर्बुजा लगायतको खेतबारी पुरेको छ। प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरी जोखिममा रहेकाको व्यवस्थापन, पहिरोको थप जोखिमको अध्ययनसँगै नियन्त्रणको पहल गरिने गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बताइन्।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ३३ बजे

कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा वार्ता

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर

‘लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक’

काठमाडौं– लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने

हटेन दिल्लीका मुख्यमन्त्री केजरीवालको संकट, अझै १६ दिन जेलमै

एजेन्सी- दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल अझै १६ दिन जेलमा बस्नुपर्ने

कुवेतमा अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु

कुवेत – कुवेतको हवाली गभर्नरेटमा सोमबारदेखि अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी

कतारका राजालाई एयरपोर्टमै राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन