टीभीएसको 'एटीआर २०० फोर भी' बाइक सोमबार नेपालमा लाइभ स्मार्टमार्फत लन्च हुँदै | Khabarhub Khabarhub

टीभीएसको ‘एटीआर २०० फोर भी’ बाइक सोमबार नेपालमा लाइभ स्मार्टमार्फत लन्च हुँदै


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टीभीएसका सवारी साधनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे एटीआर २०० फोर भीको नयाँ संस्करण सोमबार सार्वजनिक गर्ने भएको छ।

सोमबार नयाँ संस्करणको एटीआर २०० फोर भीको सार्वजनिक गर्न लागिएको जगदम्बा मोटर्सले जानकारी दिएको हो।

सोमबार भर्चुअल रुपमा सार्वजनिक हुने यो मोटरसाइकल मुख्य गरि अहिलेको समयका स्मार्ट युवाहरुलाई लक्षित गरेर ल्याइएको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपककुमार अग्रवालले बताए।

‘रेसिङ डिएनएमा आधारित रहेर निर्माण गरिएको आरटीआर २०० फोर भी अहिलेका आधुनिक युवालाई नै लक्षित गरेको उत्पादन भएको हो,’ उनले भने, ‘टिभिएसको यो उत्कृष्ट उत्पादन युवाहरुको रोजाईमा पक्कै पर्नेछ।’

मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारीको वर्तमान परिस्थितिलाई मध्यनजरमा राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै पहिलो पटक लाइभ स्मार्टमार्फत लन्च गर्न लागेको हो ।

सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजलगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यो कार्यक्रम एउटा खुल्ला सहभागितामूलक समारोह हुने कम्पनीले बताएको छ ।

जसमा कम्पनीले उपलब्ध गराउने लिंक (https://www.facebook.com/jmtvs/live)को माध्यमबाट इच्छुक व्यक्तिहरुले सहभागिता जनाउन पाउनेछन्।

उक्त लाइभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले गर्ने भएका छन्। नयाँ मोटरसाइकल अनावरण बाहेक उक्त कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले रोमाञ्चक सांगीतिक प्रस्तुति समेत प्रदान गर्नेछन्।

यस्ता छन् विशेषता

टीभीएस आरटीआर २०० फोर भीका चालकले आफ्नो मोबाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन्। यसमा एलसिडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस गतिविधि त्यही हेर्न सकिनेछ।

साथै, चालकले यसमा टप स्पिड मोडको प्रयोगबाट आफ्नो उच्च गति रेकर्ड गर्न सक्ने छन्। चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पिड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदा उक्त टप स्पिड डिस्प्लेमा देखिने छ।

यसका साथै कम्पनीले यो मोटरसाइकलमा ०–६० रेकर्ड इन्डिकेटर समेत समावेश गरेको छ। उक्त इन्डिकेटरले ० देखि ६० को स्पिड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ। त्यसैगरि नयाँ आरटिआर २०० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपिएम अर्लट, एबिएस इन्डिकेटरलगायत विशेषता छन्।

मोटरसाइकलमा ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ। मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपिएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न विशेषता समेत छ। यो विशेषताले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।

कम्पनीले यसमा क्र्यास अर्लट विशेषता समेत उपलब्ध गराएको छ। कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त विशेषता मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना आफूले सेट गरेको नम्बरमा जानेछ।

यसका साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखाउने व्यवस्था मिलाउन सकिन्छ। यो विशेषत सामुहिक राइडका लागि महत्वपुर्ण हुनेछ। यस्तै यो मोटरसाइकलको ह्यान्डलबारको वायाँतर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ साइन इन्डिकेटर समेत छ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : २५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका