थाइल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन | Khabarhub Khabarhub

थाइल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड – प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ ।

प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्कक आइतबारको आन्दोलन तय भएको हो ।

थाइल्याण्डमा विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोह नेतृत्व गर्ने पूर्व सैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उनको समर्थन रहेको संस्थापन पक्षको गएको केही महिनादेखि भर्त्सना गर्दै करीब दैनिक प्रदर्शनहरू भइरहेका छन् ।

शुक्रवार राति लोकप्रिय विद्यार्थी नेता पारित चिवराकलाई रिहा गरेपछि उनले बैङ्ककको लोकतन्त्र स्मारकमा जाने आइतवारको जुलुसमा सहभागी हुने वाचा गरेका थिए ।

“हामी तपाईंलाई निराश तुल्याउने छैनौँ,” प्रहरीले विद्यार्थी नेतालाई रिहा गरेपछि स्वागतका प्रहरी कार्यालय बाहिर जम्मा भएका समर्थकहरुको भीडलाई उनले भने ।

हजारौंले भाग लिएको भनिएको विरोध प्रदर्शनको तालिका सुरु हुनु अघि नै सयौं सुरक्षाकर्मीहरू कार्यक्रम स्थलमा पुगेका देखिएका बैङ्ककबाट प्राप्त सूचनाहरूमा जनाइएको छ ।

आंशिक रूपमा हङकङको प्रजातान्त्रिक आन्दोलनबाट प्रेरित आन्दोलनकारीहरूले नेतृत्वविहीन अवस्थामा युवाहरू स्वतः स्फुर्त सडकमा आएको दावी गर्छन् । उनीहरूले देशभर समर्थन प्राप्त गर्न प्रायः सामाजिक सञ्जालमार्फत् अभियान चलाएका छन् ।

आइतवार बिहान सुरू भएको ‘निरङ्कुशताको अन्त्य गर्नका लागि आन्दोलनमा सहभागिताका लागि आफ्नो साथीलाई सन्देश पुर्‍याउनुहोस् भन्ने भावको सन्देशले थाइल्याण्डभित्र सामाजिक सञ्जालमा पहिलो प्राथमिकता पाएको थियो ।

आन्दोलनकारीहरूले सरकारको अवरोध र सन् २०१७ मा सैन्य प्रशासनद्वारा लिपिबद्ध संविधानको पुनर्लेखनको माग गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले गत बर्षको चुनावमा प्रयुतको सैन्य गठबन्धन पार्टीको पक्षमा जनमत आउनुमा षड्यन्त्र भएको दावी गरेका छन् ।

गत हप्ता करीब चार हजारको सङ्ख्यामा भेला भएको प्रजातन्त्र पक्षधर समूहले एउटा जुलुसको आयोजना गरी थाइल्याण्डको ‘अनुपलब्ध राजतन्त्रको रक्षा गर्ने कानून खारेज गर्न र थाईल्याण्डमा शाही संस्थाको भूमिका’ बारेमा स्पष्ट छलफलको लागि आह्वान गरिएको थियो ।

थाई नरेश महा वजिरलङ्कोर्नलाई सेना र पूँजीपति व्यवसायी तथा राज्यका सम्भ्रान्तहरूले थाई सत्ताको शीर्षमा राखेको दावी प्रदर्शनकारीहरूले गरेका छन् ।

थाईल्याण्डको अपराध संहिताको धारा ११२ ले प्रत्येक अभियोगको लागि १५ वर्ष जेल सजाय पाएकाहरुलाई पनि सत्ताको आडमा संरक्षण गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

बढ्दो असन्तुष्टि

लोकतन्त्र समर्थकको आन्दोलनप्रतिको बढ्दो साहसले राजतन्त्र पक्षधरलाई क्रोधित बनाएको छ ।

आइतवार, राजाको चित्र बोकेका दर्जनौँ राजतन्त्रवादी प्रदर्शनकारीहरू पनि प्रजातन्त्रको स्मारकमा भेला भई आन्दोलनको विरोध गरेका थिए । उनीहरू पहेँलो पोशाकमा भेला भई ‘हाम्रा राजा अमर रहून्’ भन्ने नारा लगाएका थिए ।

सरकार विरोधी प्रदर्शन तथा भेला हुने भनिएको उक्त स्थानमा लगत्तै प्रजातान्त्रिक समूहका प्रदर्शनकारीको ठूलो समूहले प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

विद्यार्थी नेता पारीतको पक्राउभन्दा अघिल्लो दिन, प्रयुतले प्रदर्शनकारीहरुको माग मुलुकको बहुमतका लागि ‘अस्वीकार्य’ भएको भन्दै प्रजातन्त्र समर्थक आन्दोलनलाई ‘जोखिमपूर्ण’ बताएका थिए । तर पछि उनले टेलिभिजनमा गरेको सम्वादमा थप सुझबुझसहित ‘भविष्य युवाको भएको’ भन्दै एकताका लागि थाई युवाहरूसँग अनुरोध गरेका थिए ।

थाइल्याण्डले लामो समयदेखि हिंस्रक प्रदर्शन र विद्रोहको चक्रहरूको सामना गरेको छ, जहाँ राजावादी थाई सेनाले दर्जनभन्दा बढी पटक अनपेक्षितरूपमा सत्तालाई कब्जामा लिई प्रजातान्त्रिक समूहलाई पाखा लगाउने र निरंकुशतालाई प्रोत्साहन गर्ने गरेको छ ।

थाईल्याण्डमा बढ्दो असन्तुष्टिको कारक राज्य सन् १९९७ पछि कोरोनाभाइरस महामारीको कारण सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको छ ।

महामारीका कारण लाखौं बेरोजगार बनेका छन् र सङ्कटले थाई अर्थव्यवस्थामा असमानताहरूलाई उजागर गरेको छ । यसको फाइदा सम्भ्रान्त, सैनिक समर्थक प्रतिष्ठानलाई भइरहेको बताउने गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : २५ बजे

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु