चीनले पनि लगायो अमेरिकी अधिकारीमाथि प्रतिबन्ध, अमेरिकाको प्रतिबन्धबाट नडराउने धम्की ! | Khabarhub Khabarhub

चीनले पनि लगायो अमेरिकी अधिकारीमाथि प्रतिबन्ध, अमेरिकाको प्रतिबन्धबाट नडराउने धम्की !


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीन र अमेरिकाबीच दुश्मनी बढिरहँदा चीनले पनि केही अमेरिकी उच्च अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ ।

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहित अरु केही अधिकारीहरुलाई चीनले प्रवेश गर्न नदिने भएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सोमबार पत्रकारहरुमाझ यसबारे जानकारी दिएकी हुन् । उनले विज्ञप्ति जारी गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएको प्रतिक्रिया दिएकी थिइन् ।

अमेरिकाले पनि यसअघि चिनियाँ नेताहरुमाथि प्रतिबन्ध लगाएको थियो । चीनले त्यसको प्रतिक्रियाको रुपमा अमेरिकी अधिकारीहरुलाई रोक लगाएको हो । चीनमा मुस्लिम समुदायको बारेमा तथा तिब्बतको बारेमा अमेरिकाले बारम्बार मुद्दा उठाउने गरेको छ । चीनले भने ती सबै चीनको आन्तरिक मामिला भएको भन्दै चासो नराख्न चेतावनी दिने गरेको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच ताइवान र हङकङको विषयलाई लिएर तनाब बढेको हो । अमेरिकाले हङकङमा चीनले लागु गरेको सुरक्षा कानुनको विरोध जनाउँदै आएको छ । यसवाहेक कोरोनाभाइरसका कारण पनि अमेरिका र चीनबीच तनाब कायम छ ।

चीनले साउथ चाइना सीमा अमेरिकाको कुनै पनि प्रतिबन्धबाट नडराउने जनाएको छ । अमेरिकाले साउथ चाइना सी र यस क्षेत्रमा अस्थिरता र समस्या सिर्जना गरेको आरोप लगाउँदै चीनले कुनै पनि प्रतिबन्धसँग नडराउने जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुङयिङले प्रेस ब्रिफिङका क्रममा भनिन्, “अमेरिका थप गलत बाटोमा जाने छैन भन्‍नेमा चीन आशावादी छ ।” पूर्वी एसियाका वरिष्ठ कूटनीतिज्ञले चिनियाँ अधिकारीहरु र कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने चतावनी दिएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको साउथ चाइन सीमा तटीय स्रोतहरुको खोजी गर्ने क्रियाकलाप ‘पूर्णरुपमा अवैधानिक’ भएको बताएका थिए । उनले बेइजिङको विवादित जलस्रोतमा ‘नियन्त्रका लागि बुलिङ अभियान’ सञ्‍चालन गरेको भन्दै आलोचनासमेत गरेका थिए ।

अमेरिकी विदेशमन्त्रीको यस्तो अभिव्यक्तिपछि चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले अमेरिका साउथ चाइन सीमा स्थिरताका लागि सबभन्दा ठूलो खतरा भएको र सबैभन्दा ठूलो ‘म्यानिपुलेटर’ भएको जनाएको थियो ।

ग्लोबल टाइम्सले एक विश्लेषकलाई उदृत गर्दै लेखेको छ, “चीनले आसियन सदस्यहरुसँग मिलेर साउथ चाइना सीमा कोड अफ कन्डक्टमा (सीओसी) बृहत् परामर्श गरिरहेको र जसले देखिने गरी प्रगति गरिरहेको छ । तर, अमेरिकाले यस क्षेत्रमा आफ्ना पाखुरा फैलाएर चीन र आसियन मुलुकबीच विवाद सिर्जना गर्ने उद्देश्यले असह्य अभिव्यक्ति र गतिविधिहरु गरिरहेको छ । जसले आसियन क्षेत्रको स्थायित्वलाईसमेत अवमूल्यन गरेको छ ।”

नाम उल्लेख नगरिएको विश्लेषकलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “संयुक्त राज्य अमेरिका सबभन्दा ठूलो म्यानिपुलेटर र साउथ चाइन सीको शान्ति र स्थायित्वका लागि सबभन्दा ठूलो खतरा हो ।”

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ४ : २९ बजे

संविधान कार्यान्वयनमा राजनीति दलको नै असमझदारी छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमा राजनीति दलको नै

खबरहबमा प्रधानमन्त्री : सुशासनबारे छलफल (लाइभ)

काठमाडौं– इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र

मध्यपहाडी पुष्पलाल लोकमार्ग : सम्झौता तोडिएको नौ महिनापछि पुनः ठेक्का

गलकोट– मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

जनकपुरधाम- मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

कोशी प्रदेशलाई खोरेतमुक्त बनाइँदै

विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी