प्रिमियर लिग : आर्सनलले लिभरपुललाई हरायो | Khabarhub Khabarhub

प्रिमियर लिग : आर्सनलले लिभरपुललाई हरायो


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ ।

घरेलु मैदानमा आर्सनलले यस सिजनको च्याम्पियन लिभरपुललाई २–१ ले हराएको हो ।

कीर्तिमानी अंकतर्फ अघि बढेको लिभरपुलको लक्ष्यलाई आर्सनलले यस सिजन पूरा हुन दिएन ।

साडियो मानेले २०औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । एन्ड्रे रोबर्टसनको क्रसममा मानेले एनफिल्ड क्लबलाई अघि बढाएका थिए । तर पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले खेलमा फर्किएको थियो ।

लिभरपुलको कमजोरीको फाईदा उठाउँदै आर्सनल खेलमा फर्किएको हो । लिभरपुलका भर्जिल भान डीजिकको ब्याक पासमा एलेक्जेन्डर लाकाजेटले ३२औं मिनेटमा बराबरी गोल फर्काए ।

गोलकिपर एलिसनको कमजोर प्रर्दशनको फाइदा उठाउँदै निल्सनले ४४औं मिनेटमा आर्सनललाई २–१ को अग्रता दिलाए । सोही अग्रता अन्ततः निर्णायक बन्दै आर्सनलले खेल जीत्यो ।

जीतसँगै आर्सनल ५३ अंक बनाएको छ र उ नवौं स्थानमा कायम छ । हारका बाबजुद शीर्ष स्थानको लिभरपुलको ९३ अंक छ । लिभरपुलले म्यान्चेष्ट सिटीले कायम राखेको सय अंकको कीर्तिमान पूरा नहुने निश्चित भएको छ । अब लिगमा दुई खेल जीते पनि लिभरपुलको ९९ अंक मात्र हुनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ७ : १६ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने