इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जीत | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जीत


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई हराएको छ ।

बुधबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जीत दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक/एक गोल गरे । बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा सिल्भाले फ्रिकिकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमा सिटी २-० ले अघि रह्यो ।

खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काए । त्यसपछि खेलमा कुनै पनि गोल नभएपछि सिटीले खेल २-१ ले जीत्यो ।

जीतसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । र, सिटीले च्याम्पियन लिभरपुलसँगको अंक दूरी समेत घटाएको छ ।

शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ । सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ ।

हारसँगै ३१ अंकमा सीमित बर्नेमाउथ रेलिगेसनको जोखिममा पुगेको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : २१ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध