अनियमितता छानविन गर्न माग गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र | Khabarhub Khabarhub

अनियमितता छानविन गर्न माग गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य सामग्री खरिद लगाएतमा भएको अनियमितताको छानविन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर कांग्रेसको टोलीले ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले कोरोना परीक्षणको दायार बढाउन, क्वारेन्टाइनको व्यवस्थापन राम्रो बनाउन, भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन गर्न माग गरिएको छ ।

कांग्रेसले पेश गरेको ज्ञापनपत्रमा राहत वितरणलाई समेत व्यवस्थित बनाउन र समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन पहल गर्न समेत माग गरिएको छ प्रमुख सचेतक खाँणको नेतृत्वमा गएको संसदीय दलको टोलीमा सांसदहरु गगन थापा, सचेतक पुष्पा भुसाल र भिमसेनदास प्रधान सहभागी थिए ।

कांग्रेसले बुझाएको ज्ञापनपत्र पढ्नुहोस्

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : ३९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले