सत्तारुढ दलकै सांसदले भने– देशको प्राथमिकता अनुसार सरकारले बजेट विनियोजन गरेन | Khabarhub Khabarhub

सत्तारुढ दलकै सांसदले भने– देशको प्राथमिकता अनुसार सरकारले बजेट विनियोजन गरेन


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको र देश निर्माणमा योगदान पुर्‍याउने नेताहरुलाई अपमान गरेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफल गर्दै सांस्कृतिक रुपान्तरणको कुनैपनि कार्यक्रम बजेटमा नआएको र देशको परिवर्तनका लागि लडेका नेताहरुको स्मृतिमा सञ्चालन गरेका कार्यक्रमलाई बजेट नदिएर नेताहरुको अपमान गरेको बताए ।

उनले सांस्कृतिक तर्फ मन्दिरको संरक्षण गर्ने बाहेक अरु कुनै पनि कार्यक्रम नराखेको बताए । विद्यालय निर्माणको काम गर्न कहिंकतै बजेट नछुट्याइएको तर मन्दिर बनाउन बजेट विनियोजन गरेको उनको भनाई छ ।

अहिलेको आवश्यकता मन्दिर निर्माण भन्दा विद्यालयका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने तर सरकारले त्यसतर्फ बजेट विनियोजन नगरेको बताए । उनले भने ‘राज्यले विद्यालय बनाउनका निम्ति कहिं बजेट छुट्याइएको छैन् । मैले देखिन विद्यायल भवन निर्माणका निम्ति यति बजेट, स्थानीय तहमा पठाइएको छ भनेर कहिं उल्लेख गरिएको छैन् । भनिएको छ स्थानीय तहमा हामीले प्राविधिक शिक्षा दिनेछौं । नीति कार्यक्रममा आएको छ बजेटमा आएको छ । तर स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्नका निम्ति बजेट छुट्याइएको छैन् । तर मन्दिर बनाउनको निम्ति २ सय ३ मन्दिर बनाउनका निम्ति तिनिहरुको मर्मत सम्भार गर्नका निम्ति बजेट छुट्यइएको छ । आजको आवस्यकता के हो ? मेरो विचारमा आजको आवस्यकता मन्दिर भन्दा पहिले विद्यालय हो ।’

एक प्रदेश एक पर्यटकीय गन्तव्य बनाउँछौं भनेर नीति तथा कार्यक्रम आएको तर बजेटमा कुनैपनि प्रदेशमा पर्यटकीय गन्तव्य तोकेर बजेट नछुट्याइएको बताए । उनले कतिपय ठाउँमा यसअघि गरिएका कार्यक्रममा बजेट रोकिएको बताए ।

शहीद गंगालाल र नेपाली कम्युनिष्ट आन्दोलनका पुष्पलालको जन्मस्थल रामेछापको भगेरिमा बनाउन लागेको स्मृति पार्क र विपी कोइरालाको पुख्र्यौली थलो सिन्धुलीको दुम्जामा पनि स्मृति पार्क बनाउन भनेर सुरु गरिएको तर ति दुवै योजनामा यसपटक बजेट नछुट्याइएको बताए ।

नेताहरुको विचारले मुलुकमा परिवर्तन आएको तर तिनै नेताको स्मृतिमा गरिएका कार्यक्रमलाई रोकेर अपमान गरिएको बताए । उनले बजेटको सुरुमा नेताहरुको सम्मान गर्छु भन्ने तर तिनै नेताहरुको सम्मानमा सञ्चालन गरिएको कार्यक्रमहरु रोकेर अपमान गरिएको बताए ।
उनले भने, ‘यहाँ एकजना माननियजीले भन्नुभयो सारा नेताहरुका नाममा जाने बजेट क्यान्सिल गर्नुपर्छ भनेर मैले त क्यान्सिल भएको देखे । मेरो त आपत्ति छ क्यान्सिल गरेकोमा । किन आपत्ति छ भने तिनै नेताहरुको विचारले यो मुलुकमा परिवर्तन लिएको छ । तिनै नेताहरुले बनाएको संगठनको बलमा आज हामी सत्तामा छौं आज हामी संसदमा छौं । दुनियाभरी राष्ट्रका निम्ति योगदान गर्ने नेताहरुको, परिवर्तनका निम्ति योगदान गर्ने नेताहरुको कदर गरिन्छ सम्मान गरिन्छ, पुरस्कारहरु स्थापित गरिन्छ र कार्यक्रमहरु सञ्चालन गरिन्छ । हामीले पनि सुरु गरेका थियौं । वर्तमान अर्थमन्त्री आएपछि पुष्पलाल स्मृति प्रतिस्ठान, विपी स्मृति प्रतिस्ठान, गणेशमान स्मृति प्रतिस्ठान, मनमोहन स्मृति प्रतिस्ठान लगायतका प्रतिस्ठानले गरेका राम्रा कामहरु थिए ।’

उनले भने, ‘कहाँ अनियमितता भएका छन भने छानविन गर्नुपर्‍यो । त्यहाँ अनियमितता भएको छ भने नियन्त्रण गर्नुपर्‍यो । होइन भने ति नेता जसका नेता जुन नेताका विचारले आज मुलुकमा परिवर्तन ल्याएको छ जुन नेताले निर्माण गरेको संगठनको बलमा आज हामी सत्तामा छौं मन्त्री छौं प्रधानमन्त्री छौं ति नेतालाई अपमान गर्ने काम भएको छ । मैले यो बजेटको सुरुवातमै एउटा बाक्य सुन्न पाएको थिए र मलाई खुसि लागेको थियो । मुलुकमा लोकतन्त्र ल्याउनको निम्ति योगदान गर्ने त्याग गर्ने अग्रज नेताहरुको सम्मान गर्छु भनेर यहाँ लेखिएको थियो । तर जव विनियोजन हेरे मैले त्यहाँ मैले पाए ति नेताहरुलाई सम्मान होइन अपमान गरिएको छ । यो अपमानलाई अन्त्य गरियोस ।’

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १ : ५३ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति