स्पेनिस ला लिगा : बार्सिलोना र लेगानेसको खेल आज | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोना र लेगानेसको खेल आज


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि फेरि सुरू भएको स्पेनिस ला लिगाको आफ्नो दोस्रो खेलमा आज लिग लिडर बार्सिलोना र रेलिगेसन जोनमा रहेको लेगानेसबीच प्रतिस्पर्धा हुँदैछ ।

बार्सिलोनाको खेल मैदानमा नेपाली समय अनुसार मंगलबार राति १:४५ बजे सुरु हुने खेलमा लिग लिडर बार्सिलोनालाई जीत निकाल्दै दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी बढाउने मौका हुनेछ ।

कोरोनाले स्थगित लिग सुचारुपछि बार्सिलोना लगातार दोस्रो जीत निकाल्ने योजनामा छ । यसअघि बार्सिलोनाले मालोर्कालाई ४-० ले हराएको थियो ।

बार्सिलोना २८ खेलमा ६१ अंकसहित शीर्ष स्थानमा रहेको छ । लेगानेसलाई पराजित गरे बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडविरुद्ध ५ अंकको अग्रता बनाउनेछ ।

रियलको ५९ अंक रहेको छ । लेगानेस २३ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १ : ३८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका