ताइवानको आकाशमा विमान उडाएकोमा अमेरिकालाई चीनको चेतावनी « Khabarhub

ताइवानको आकाशमा विमान उडाएकोमा अमेरिकालाई चीनको चेतावनी


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले ताइवानको आकाशमा नौसेनाको विमान उडाएकोमा चीनले गम्भीर आपत्ती जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल रेन गुओचियाङले सोमबार एक वक्तव्य जारी गर्दै अमेरिकाको उक्त कदम चालेर भयंकर गल्ती गरेको चेतावनी दिएको छ ।

गत जुन ९ मा अमेरिकी नौसेनाको सी–४० ए विमान ताइवानको आकाशमा उडाउँदा चीनको अनुमति नलिएर आफ्नो सार्वभौमिकताविरूद्ध उत्तेजक गतिविधि नगर्ने पनि सचेत गराएको छ ।

‘चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध कुनै उत्तेजक कार्य नगर्न हामी अमेरिकालाई आग्रह गर्छौँ,’ गुओचियाङले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

उनले ताइवानको चीनको अभिन्न हिस्सा रहेको भन्दै ताइवानलाई लिएर चीनमाथि दबाब दिने जस्तोसुकै प्रयासलाई पनि असफल पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : ०३ बजे

वीरगञ्ज महानगरमा गठबन्धनका सिहंको अग्रता दोब्बर

वीरगञ्ज- वीरगञ्ज महानगरको प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १०

विराटनगर मेयरमा कांग्रेसका कोइरालाले कटाए ११ हजार मत

काठमाडौं- विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रत्यासी नागेश कोइरालाले

बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कसले कति जिते ?

काठमाडौं- स्थानीय तह निर्वाचन अन्तर्गत तीन सय ९८ स्थानीय तहको

भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ११ सय १९ मतले पछाडि

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले