चीनमा फेरि कोरोनाको महामारी फैलने खतरापछि बेइजिङमा कडाई, विद्यालय र मनोरञ्जनस्थल बन्द | Khabarhub Khabarhub

चीनमा फेरि कोरोनाको महामारी फैलने खतरापछि बेइजिङमा कडाई, विद्यालय र मनोरञ्जनस्थल बन्द


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलने खतरा भएपछि राजधानी बेइजिङमा कडाइ गरिएको छ ।

बेइजिङका धेरैजसो जिल्लाका विद्यालय, खेलकुद स्थल तथा मनोरञ्जन स्थलहरु बन्द गरिएको छ ।

वुहानमा देखिएको महामारी नियन्त्रणमा आएको घोषणापछि आवश्यक सावधानी अपनाएर आममानिसको जनजीवन सहज बनाइए पनि फेरि संक्रमण देखिएपछि बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ ।

ग्लोबल टाइम्सका अनुसार राजधानी बेइजिङ प्रवेशमा कडिकडाउ गर्न थालिएको छ । कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो ।

सिन्फाडी भनिने मार्केटमा ७९ जना संक्रमित फेला परेपछि उक्त मार्केटका ब्यवस्थापक बर्खास्त भएका छन् । उक्त होलसेल मार्केटमा मात्रै १० हजार जना कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ५२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन