स्पेनिस ला लिगा : सेभिया र लेभान्टे तथा रियल बेटिस र ग्रानडाको खेल बराबरी | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : सेभिया र लेभान्टे तथा रियल बेटिस र ग्रानडाको खेल बराबरी


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा सोमबार रातिका दुई खेल बराबरीमा टुंगिएका छन् ।

ला लिगामा सेभिया लेभान्टेसँग १-१ गोलको बराबरीमा रोकिएको छ । भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखे पनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकियो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको शरुमै लुक डि जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आयो ।

बराबरीसँगै तेस्रो स्थानमा रहेको सेभियाको ५१ अंक पुगेको छ । लेभान्टे ३५ अंक जोडेर एक स्थान माथि १२औं स्थानमा रहेको छ ।

सोमबार रातिकै खर्को खेलमा रियल बेटिस र ग्रानडाले पनि बराबरी खेलेका छन् । रियल बेटिस र ग्रानडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

रियल बेटिसका सर्जियो केनालेस र क्रिस्टियन टेलोले गोल गरे । ग्रानडाका कार्लोस फर्नान्डेज र रोवर्टो सोल्डाडोले गोल गरे ।

बराबरीसँगै ग्रानडाले भिल्ला रियललाई एक अंकले पछि पार्दै आठौं स्थानमा उक्लिएको छ । रियल बेटिस १३औं स्थानमा छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन