पशुपति मन्दिर परिसर सरसफाइका लागि भारतद्वारा ३ करोड ७३ लाख सहयोग | Khabarhub Khabarhub

पशुपति मन्दिर परिसर सरसफाइका लागि भारतद्वारा ३ करोड ७३ लाख सहयोग


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइका लागि भारतले आर्थिक सहयाेग प्रदान गरेको छ ।

पशुपतिनाथ क्षेत्रको सरसफाइ तथा निर्माणका लागि सहयोग गर्ने विषयमा नेपालस्थित भारतीय दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच  सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारतमैत्री विकास साझेदारीअन्तर्गत अनुदान दिइनेछ ।

यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोषले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो ।

पशुपतिनाथ मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाइ सुविधा निर्माण गर्न यस परियोजनाअन्तर्गत भारतले रु ३ करोड ७२ लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ ।

परियोजनाको कार्यान्वयन काठमाडौँ महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्डअनुरुप गर्नेछ ।

सहमतिअनुसार १५ महिनामा निर्माण सम्पन्न गर्नका लागि महानगरपालिकाले बोलपत्र प्रक्रियामार्फत उपयुक्त ठेकेदारको छनोट गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ३७ बजे

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै