पेट्रोलियम पदार्थको मूल्य यथावत | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य यथावत


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ ।

पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ५६ पैसा बढेर आएको भए पनि कोभिड–१९ को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजलमा प्रतिलितर २८ पैसा घटेर आएको छ । आइओसीले हरेक १५/१५ दिनमा पठाउने नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

कोभिड–१९ को जोखिमmलाई मध्यनजर गर्दै सरकारले झण्डै ५५ दिनदेखि लकडाउन गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै घटेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ६ : १७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका