कोरोनाका बिरामीलाई कोरोना अस्पतालमै उपचार गरिने | Khabarhub Khabarhub

कोरोनाका बिरामीलाई कोरोना अस्पतालमै उपचार गरिने


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना आशङ्का गरिएका र पुष्टि भएर पनि सामान्य लक्षणमात्र देखिएका बिरामीलाई चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार गरिने भएको छ ।

भरतपुर अस्पतालमा त्यस्ता बिरामी राख्दा अन्य बिरामीलाई समस्या पर्न सक्ने भएकाले पहिलो तहका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्न लागिएको हो ।

भरतपुर अस्पताल मातहतमा भरतपुर कोरोना विशेष अस्पताल र भरतपुर कोभिड–१९ प्रयोगशाला रहेका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार नेपाल सरकारले तह एक अर्थात् साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ ।

तह दुई अर्थात् मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपालगञ्ज मेडिकल कलेज र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तोकेको तिवारीले बताए ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमण देखिएका बिरामीलाई पहिलो तहको अस्पतालमा उपचार गर्न सकिने उनले बताए ।

तिवारीले यसअघि पहिलो तहमा राख्नुपर्ने दुई सङ्क्रमितलाई भरतपुर अस्पतलामा लगिएको भए पनि अब त्यसो नगरिने बताए । कोरोना अस्थायी अस्पतालमा ५० साधारण श्यया छन् । त्यही १०/१० श्ययाका एचडीयू र सघन उपचारकक्ष पनि रहेका छन् ।

कोरोनाकै बिरामीलाई उपचार गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाको अगुवाइमा सो अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । हालसम्म कोरोना अस्पतालमा ६०१ जनाको उपचार गरिसकिएको छ । यही चैत ७ गते अस्पताल स्थापना भएको हो ।

कोरोना रोकथामका लागि भरतपुर अस्पतालको मातहतमा चैत २३ गतेबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म ७४५ को पिसीआर परीक्षण गरिएको छ । अस्पतालको प्रयोगशालामा सबैभन्दा बढी परीक्षण गरिएको उनले जानकारी दिए ।

यहाँको प्रयोगशाला स्थापना हुनुअघि र किट अभाव हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकु र प्रदेश प्रयोगशाला हेटौडा पठाउने गरिएको छ ।

कोरोनाका लागि निर्माण गरिएकाले अस्पतालमा आवश्यक पर्ने सबै प्रबन्ध मिलाइएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।

कोरोना आशङ्का भएका र कोरोना पुष्टि भइ सामान्य अवस्थामा रहेका बिरामीलाई कोरोना अस्पतालमा राख्दा भरतपुर अस्पताल अन्य बिरामीका लागि थप सुरक्षित हुने अधिकारीको भनाइ छ ।

सर्वसाधारणले निःशुल्क र न्यून शुल्कमा उपचार पाउने अस्पतालमा जटिल नभएसम्म कोरोनाका बिरामी नराखिने उनले बताए । अधिकारीले भने, ‘अस्पताल आएर उपचार गर्नुपर्ने बिरामीका लागि भरतपुर अस्पताल पूर्णरूपमा सुरक्षित छ ।’ अस्पतालले सकेसम्म सामाजिक दूरी कायम गरेर सबै बिरामीको उपचार गरिरहेको छ ।

भरतपुर अस्पतामा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । सङ्घीय अस्पताल भएकाले यहाँ विशेषज्ञ चिकित्सकबाट सबैखालका उपचार हुने गर्दछन् । यस अस्पतालले वार्षिकरूपमा तीन लाखभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ ।

अस्पतालमा हरेक वर्ष १४ हजार हाराहारीले प्र्रसूति गराउने गर्दछन् । प्रसूतिगृहपछिको सबैभन्दा बढी सुत्केरी गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूतिका बिरामीलाई छुट्टै भवनको व्यवस्था गरिएको छ । यो ६०० श्ययाको केन्द्रीय अस्पताल हो ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ११ : १७ बजे

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको