पेट्रोलियम पदार्थको मूल्य यथावत् | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य यथावत्


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

आज इण्डियन आयल कर्पोरेशनबाट प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आए पनि खपत न्यून भएकाले मूल्य नघटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्याविधि, २०७१’ अनुसार इन्धनको बिक्री मूल्य हरेक १५/१५ दिनमा समायोजन गर्दै आएको छ ।

कोभिड–१९ को फैलने जोखिम रहेको भन्दै सरकारले गत चैत ११ देखि यही वैशाख १५ गतेसम्म ‘लकडाउन’ गरेको छ ।

लकडाउनमा अत्यावश्यकबाहेकका सवारी साधन नगुडेपछि पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०