लकडाउन उल्लंघन गर्ने ७१९ महिलासहित '२ हजार ७ सय' जना पक्राउ  | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने ७१९ महिलासहित ‘२ हजार ७ सय’ जना पक्राउ 


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज लकडाउन लागू भएको २४ औं दिन । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरिए पनि उल्लंघनका घटना रोकिएका छैनन् ।

विहीबार मात्र काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २ हजार ७०८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज विहान ६ बजे देखि अपराह्न ६ बजे सम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसै गरी ४ सय २० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४ सय ६९ वटा सवारी साधनलाई पनि  प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट सबैभन्दा बढि २ हजार २ सय ९ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : २९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०