बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो परीक्षणमा 'रिपोर्ट' नेगेटिभ | Khabarhub Khabarhub

बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो परीक्षणमा ‘रिपोर्ट’ नेगेटिभ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो पटकको स्वाब परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

नेपालको छैटौं कोरोना संक्रमित ती महिलाको तेस्रो पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको हो ।

पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण निको भएको अर्थात ‘नेगेटिभ’ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

६५ वर्षीया महिलाको यसअघि गरिएको दोस्रो स्वाब परीक्षण रिपोर्ट भने पोजिटिभ आएको थियो। अब पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ।

चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । उनी गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन ।

नेपालको पाँचौ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ। उनको पनि पुनः स्वाब परीक्षणका लागि पठाइने डा.पोखरेलले बताए।

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : १२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगोलागीका कारण करिब डेढ महिनामा एक सय

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन