लकडाउनमा मापसे गरि सवारी चलाउने २१ जना कारबाहीमा, पास खोसियो | Khabarhub Khabarhub

लकडाउनमा मापसे गरि सवारी चलाउने २१ जना कारबाहीमा, पास खोसियो


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २१ जनालाई प्रहरीले कारवाही गरेको छ भने उनीहरु सबैको सवारी पास समेत खारेज गरिएको छ ।

लकडाउनका समयममा अत्यावस्यक कामका लागि भन्दै लिइएका पासको दुरुपयोग भएको हो । पछिल्लो समय पासको दुरु पयोग बढेका कारण जाँचमा कडाइ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख(एसएसपी) भीमप्रसाद ढकालले पासको दुरुपयोग रोक्नका लागि चेक जाँचमा कडाइ गरिएको बताए ।

पासको दुरुपयोग गर्दै कतिपयले मदिरा सेवन गरि सवारी चलाएकोसमेत पाइएको उनले बताए ।

पासलाई गलत रुपमा प्रयोग गर्ने, अनावश्यक रुपमा हिँडडुल गर्ने र पासलाई सानको रुपमा प्रयोग गर्नेको संख्या बढेसँगै कारवाहीलाई कडाइ गरिएको उनको भनाइ छ ।

पासको दुरुपयोग गर्दै सावरी चलाउनेको संख्या बढिरहँदा ट्राफिक प्रहरीले मापसे जाँचलाई पनि निरन्तरता दिएको थियो ।

नयाँ वर्षको अघिल्लो दिन राति पास भएका चालकले मापसे गरेको फेला परेको उनले बताए । त्यसक्रमा पास भएका पास भएका २१ जना चालक मदिरा सेवन गरेको अवस्थामा भेटिएका थिए । उनीहरुको पास खोसिएको र अनावश्यक रुपमा हिँडडुल गर्नेहरुको पाससमेत जफत गरिएको उनको भनाइ छ ।

पासको दुरुपयोग भएको भन्दै एकहजार आठसय ४६ वटा सवारी साधनको पास खोसिएको छ ।

महाशाखाका अनुसार, लकडाउन अवधिमा आठहजार नौसय ७४ सवारी साधन कारवाहीमा परेका छन् । लकडाउनको समय वैशाख १५ सम्म बढाइएसँगै सवारी आवागमनमा कडाइ गरिएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ४ : ०६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन