केही जोकरका कारण कोरोना भाइरस फैलिइरहेको छ: सलमान खान | Khabarhub Khabarhub

केही जोकरका कारण कोरोना भाइरस फैलिइरहेको छ: सलमान खान


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । सरकारले गरेको लकडाउनका कारण भाइरस फैलिनमा केही मत्थर भए पनि मजदुरहरु क्वारेन्टाइनबाट भाग्ने र सडकमा भेला हुने गरिरहेका छन् ।

भारतमा केही दिनअघि केही व्यक्तिले कोरोना जाँच गर्न आएका डाक्टरमाथि नै हमला गरेका थिए । यो घटना सार्वजनिक भएपछि धेरै‌ले विरोध गरेका थिए ।  बलिउड अभिनेता सलमान खानले पनि डाक्टरमाथि हातपात गर्नेप्रति आक्रोश व्यक्त गरेका छन् । उनले केही जोकरका कारण भारतमा कोरोना फैलिएको समेत टिप्पणी गरेका छन् ।

सलमानले हालै एक भिडियो सार्वजनिक गर्दै लकडाउनको अवज्ञा गर्नेमाथि खनिएका हुन् । डाक्टरमाथि केही व्यक्तिले हमला गरेको विषयमा सलमान खान दुःखी पनि देखिएका छन् । उनले सबैलाई सरकारको सल्लाह मानेर सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले भनका छन् – यदि कसैलाई नमाज पढ्नु छ भने घरमै पढ्नुस्, पूजा गर्नु छ भने पनि घरमै गर्नुस् ।

सलमानले सरकारको समर्थन गर्दै शेयर गरेको यो भिडियोलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । साथै उनले कोरोनाबाट जोगिनका लागि घरमै रहन सबैलाई अनुरोध गरेका छन् ।

सलमानले कोरोनासँगको लडाइँका लागि मजदूरलाई आर्थिक सहयोग पनि गरिरहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : ४१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६