के भाइरस हुर्कन मद्दत वन्यजन्तु बजारले गरिरहेको छ ? | Khabarhub Khabarhub

के भाइरस हुर्कन मद्दत वन्यजन्तु बजारले गरिरहेको छ ?



चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस शुरुमा जंगली जनावरबाट मानिसमा सरेको हुनसक्ने वैज्ञानिक अनुमान छ ।

वैज्ञानिकहरुले वुहान शहमा रहेको हुआनान वन्यजन्तु किनबेच केन्द्रबाट कोरोना भाइरस मानिसमा सरेको अनुमान गरेका छन् ।

सोहीअनुसार चीनले मुलुकमा जीवित वन्यजन्तु र यस्ता वन्यजन्तुको मासु विक्री र प्रयोगमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

तर, चीनमा वन्यजन्तुको विक्री र यस्ता जनावरका मासु सेवनमा प्रतिबन्ध लागेपनि विश्वका अन्य क्षेत्रमा यसको खुलेआम विक्री भइरहेको छ ।

भियतनामको सबैभन्दा ठूलो शहर हो चि मिन्ह सिटीबाहिर रहेको थान्ह होआ बर्ड मार्केटमा ५० वटा स्टल राखिएका छन् । यहाँ खरायो, सर्प, उद्विलाप र अरु वन्यजन्तु कुनै रोकटोक बेगर काटिन्छन् । कुनै कुनै समयमा ग्राहकले चाहेको खण्डमा जिउँदै पकाइन्छन् ।

त्यस बजारको अवस्था पनि गतिलो छैन । जताततै फोहोर देख्न सकिन्छ भने चारैतिर झिङ्गा भन्किन्छन् । त्यहाँ जाने खरिदकर्ता र व्यापारीहरुले सास फेर्न समेत गाह्रो हुने बताउँछन् ।

यो बजारमा व्यापारीले चराको आँखा सिलाइदिने, प्वाँख उखेलीदिने, पँखेटा भाँचिदिने र ग्याँस बालेर जिउँदै पकाउने गर्छन् ।

बजारमा चराबाहेक अरु जनावर पनि सजिलै पाइन्छन् । एक व्यापारीका अनुसार उनी दैनिक ७० किलो मासु विक्री गर्छन् । एक वर्षमा उनको व्यापार ८० हजारवटा चरासम्म अर्थात् १६ टनको हुने गर्छ ।

गत महिनामात्र स्थानीय चराका कारण भियतनाममा बर्डफ्लू फैलिएको थियो । यसका कारण १० वटा फार्मका २३ हजार भन्दा धेरै हाँसकुखुरा नष्ट भएका थिए ।

केही दिनअघिमात्र ठूलो दबाबबीच भियतनाम सरकारको कृषि तथा ग्रामिण विकास मन्त्रालयले वन्यजन्तु बजारमा प्रतिबन्ध लगाउने मस्यौदा तयार पारेको थियो । तर, पशु अधिकारकर्मीहरु भने बजारमा प्रतिबन्ध लगाएर मात्र नहुने बताउँछन् । वन्यजन्तुकै व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको माग छ ।

‘यस्ता बजार पशु निर्दयीता र जनस्वास्थ्यका लागि चुनौति हुन् ।’ पशु अधिकारकर्मी माई न्वुएनले भनिन्, ‘यसको परिणाम स्वास्थ्य संकट हुनसक्छ ।’

चीनको वुहानमा भाइरसको शुरु भएको भनिएको वन्यजन्तु बजार र यो बजारमा धेरै समानता भेटिन्छन् ।

वुहानको बजार बन्द भइसकेको छ तर, थान्ह होआ र यस्तै अरु सयौं बजारमा भने निरन्तर वन्यजन्तुका मासु विक्री भइरहेका छन् । यस्ता बजारमा रेबिज रोग लागेका कुकुरको पनि कारोबार हुने बताइन्छ ।

पशु अधिकारवादीहरुले भने यस्तै बजारका कारण नयाँ नयाँ किसिमका भाइरसको महामारी उत्पन्न हुने चेतावनी दिँदै यस्ता बजार बन्द हुनुपर्ने बताउँदै आएका छन् ।

चीनले जनवरी १ का दिन हुआनान बजार बन्द गर्नुअघिसम्म त्यहाँ सर्प, मुसा, चमेराहरुको विक्री हुँदै आएको थियो ।

माई न्वुएनका अनुसार यस्ता बजारका कारण विश्वमा वन्यजन्तुको लोप हुने सम्भावना पनि उत्तिकै छ । विश्वभर यस्ता वन्यजन्तुको कारोबार हुने गरेको छ ।

अर्का पशु अधिकारकर्मी जेफरी फ्लोकेन भन्छन्, ‘चीनले वन्यजन्तु बजारविरुद्ध निर्णायक कदम उठाएको छ । तर, अफ्रिका र एसियामा रहेका यस्तै किसिमका बजारका कारण भविष्यमा ठूलै महामारी निम्तिने खतरा छ ।’

पशु अधिकारवादी संस्था ह्युमेन सोसायटी इन्टरनेशनल एचएसआईका अनुसार इण्डोनेशियामा रहेका यस्ता सयौं बजारले भाइरस हुर्कन मद्दत गरिरहेका छन् ।

इण्डोनेशियाको उत्तरी सुलावेसी प्रान्तमा रहेको टोमोहोन बजारमा जिउँदा कुकुरसँगै कुकुरका परिकार विक्री हुन्छन् ।

यस्ता बजारमा रेबिज लागेका कुकुको पनि कारोबार हुने र परिकार पाइने एचएसआईको भनाइ छ ।

यस्ता बजारमा कुकुरमात्र नभई सर्प, चमेरा र मुसाहरुको विक्री हुन्छ । सोही कारण पनि यो बजारबाट स्वास्थ्य संकटको जोखिम छ ।

अघिल्लो महिनामात्र एचएसआईको एउटा टोलीले अफ्रिकी महादेशमा ठूलो स्तरमा सालकको खपटाको व्यापार हुने गरेको पत्ता लगाएको थियो ।

सालकबाट नै मानिसमा कोरोना भाइरसको संक्रमण सरेको यतिबेला वैज्ञानिकहरु आशंका गर्छन् । साउथ चाइना एग्रिकल्चरल युनिभर्सिटीले कोरोना भाइरसको उत्पत्ति सालकबाट भएको हुनसक्ने जनाएका थिए । यद्यपि यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।

चीनमा सालकको खपटा परम्परागत औषधिका लागि प्रयोग हुने गरेको छ ।

भारतको मणिपुरमा पनि सालकको व्यापार हुने गरेको भएपनि सन् २०१७ मा प्रतिबन्ध लगाइएको थियो । यद्यपि अवैध रुपमा यसको तस्करी भने अझै चलिरहेको छ ।

अफ्रिकाका बजारले पनि उत्तिकै जोखिम निम्त्याएका छन् ।

अफ्रिकामा सालकको खपटाका लागि मात्र नभई मासुका लागि पनि कारोबार हुने गरेको एचएसआईको दाबी छ ।

आठ प्रजातिका सालकको शिकार, तस्करी र विक्री अवैध छ ।

तर, यसको शिकार भने रोकिएको छैन । विश्व अवैध वन्यजन्तुको व्यापारको ५ भागको एक भाग सालकले ओगट्ने गरेको छ ।

अर्कोतर्फ वैज्ञानिकहरु भने जिवित वन्यजन्तुका कारण भाइरस मानिसमा संक्रमण हुने चिन्ता जनाउँछन् ।

उनीहरुका अनुसार मानव स्वास्थ्यलाई मध्यनजर गर्नकै लागि भएपनि यस्ता बजारमा प्रतिबन्ध लगाइनुपर्छ ।

विश्व वन्यजन्तु व्यापर विरुद्ध क्षेत्रमा काम गर्दै आएको संस्था ‘ट्राफिक’ का डा. रिचर्ड थोमस भन्छन्, ‘रोग नियन्त्रणका लागि बजार नियमन महत्वपूर्ण छ र यसका लागि वन्यजन्तुका उत्पादनको नियन्त्रणलाई प्राथमिकतामा राखिनुपर्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  २ : २२ बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा