शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत | Khabarhub Khabarhub

शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया सबै मानिसको शरीरमा कोठी हुने गर्दछ । जन्मजात वा पछि शरीरको बिभिन्न स्थानमा निशान चिह्न अर्थात कोठी आउने गर्दछ ।

यी कोठीले मानिसको शारीरिक, आर्थिक र चरित्रको बारेमासमेत संकेत गर्ने शास्त्रहरुमा उल्लेख छ । समुन्द्र शास्त्रका अनुसार शरीरमा भएका यी चिह्नको आधारमा व्यक्तिको भविष्य मूल्यांकन समेत गर्न सकिन्छ ।

१. कानको कोठी
कानको कुनै पनि भागमा कोठी भएका व्यक्तिले राम्रो कमाउने र उनीहरुको जीवनशैली भव्य हुन्छ संकेत गर्दछ । तर यी अंगमा कोठी हुनेहरुमा बचत गर्ने बानी हुँदैन ।

२. टाउकोमा कोठी

टाउकोमा रहेको कोठी कपाल खौरिए पछि मात्र देखिन्छ । यदि टाउको दायाँ भागमा कोठी छ भने यी व्यक्ति राजनीतिमा सफल हुने संकेत मानिन्छ । यदि कोठी रातो छ भने त्यस्ता व्यक्ति नेता हुने मान्यता छ ।

३. निधारको कोठी
कुनै ब्यक्तिको निधारको मध्य भागमा कोठी छ भने यो निर्मल प्रेमको निशानी हो । निधारको दाहिनेतर्फको कोठीले बिषयगत निपूर्णता दर्साउँछ भने बायाँतर्फको कोठी फजुल खर्चको प्रतिक मानिन्छ ।

४. आँखी भौंको कोठी
यदि दुबै आँखी भौंमा कोठी छ भने त्यस्ता व्यक्तिले यात्रा गरिरहने स्वभाव हुने गर्दछन् । यदि आँखी भौंको बीचमा छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्नसक्ने क्षमताका हुने मान्यता छ ।

५. आँखामा कोठी
दायाँ आँखामा भएको कोठीले जीवनसाथीसँग राम्रो सम्बन्ध हुने बताउँछ भने दाहिने आँखाको कोठीले सजिलै पैसा कमाउन सक्ने संकेत गर्दछ ।

६. नाकको कोठी
यदि नाकमा कोठी छ भने यी व्यक्ति छिट्टै सोच्ने र छिट्टै रिसाउने स्वभावका मानिन्छन् । नाकको दायाँतर्फ कोठी छ भने धेरै पैसा कमाउने संकेत मानिन्छ ।

७. ओठको कोठी
ओठमा माथिल्लो भागमा कोठी हुने व्यक्ति निकै प्रेमिल स्वभावका हुन्छन् । त्यस्तै ओठको तल्लो भागमा कोठी हुने व्यक्तिले मिठो खानेकुरा मनपराउँछन् ।

८. गालाको कोठी
गालामा रातो कोठी हुने ब्यक्तिलाई शुभ फल प्राप्त हुने मान्यता छ । गालाको दायाँ भागमा कोठी हुने व्यक्ति निकै संवेदनशील हुने गर्दछन् । बायाँ गालामा कोठी भएकाहरु अन्र्तमुखी स्वभावका र रिसालु हुने दर्साउँछ ।

९. घाँटीको कोठी
घाँटीको पछाडि कोठी हुने मानिसहरु रिसालु प्रवृत्तिका हुन्छन् । घाँटीको अग्र भागमा कोठी भएकाहरु राम्रो स्वर भएको कलात्मक व्यक्तित्वको परिचय दिन्छ ।

१०. काँधमा कोठी
काँधको दायाँतर्फ कोठी भएका मानिसहरु बलवान् र साहसी हुन्छन् भने बायाँ काँधमा कोठी हुनेहरु अरुसँग झगडा गर्न अग्रसर हुन्छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १२ : ४८ बजे

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन