कोरोना भाइरसको परीक्षण अब घरबाटै | Khabarhub Khabarhub

कोरोना भाइरसको परीक्षण अब घरबाटै


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट विश्वभरका मानिसहरु आक्रान्त भइरहेका बेला यसको परीक्षण अब घरबाटै गर्न मिल्ने गरीको तयारी सुरु भएको छ ।

कोरोनाभाइरसको परीक्षणका लागि गुगलले एक नयाँ वेबसाइट बनाउँदैछ । यो वेबसाइटले काम गरेमा कोरोनाको परीक्षणबारे आवश्यक जानकारी घरमै मिल्ने दाबी गरिएको छ ।

गुगलको यो वेबसाइट एक भाइरस ट्राइएज टूल हो । यसलाई गुगलअन्तरगतको कम्पनी वर्लीद्धारा बिकसित गरिँदैछ, जुन अल्फाबेटको एक स्वास्थ्य निरिक्षणको इकाई हो । यो वर्लीको प्रोजेक्ट बेसलाइनको हिस्सा हुनेछ ।

गुगलको यस भाइरस परीक्षण वेबसाइट हाल प्रारम्भिक चरणमा रहेको छ । सोमबार पहिलो पटक यसलाई सन फ्रान्सिस्कोको तटिय क्षेत्रका लागि लन्च गरिनेछ ।

शुक्रवार ह्वाइट हाउसको रोज गार्डेनमा भएको प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल हाल कोरोना भाइरसको परीक्षणका लागि एक वेबसाइटमा काम गरिरहेको र यसमा गूगलको १,७०० इन्जिनियरहरु काम गरिरहेको बताएका थिए ।

यो वेबसाइटले मानिसहरुमा कोरोना परीक्षण गर्नुपर्ने आवश्यकता रहे नरहेको पत्ता लगाउन सहयोग गर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १२ : १३ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन